२०८३, ९ भाद्र बुधबार

जिसस प्रमुख तामाङ जसले आफै गाडी चलाएर बिरामीलाई पुर्याए अस्पताल

जिसस प्रमुख तामाङ जसले आफै गाडी चलाएर बिरामीलाई पुर्याए अस्पताल


धुलिखेल, २४ चैतः सिन्धुपाल्चोकको खाडिचौर स्थित सिन्धु सदावहार अस्पतालमा आइतबार एक जना महिला विहानै आइपुगिन । डाक्टरहरुले उनको अवस्था बुझे । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण पाए । लिसंखु पाखर गाउँपालिका वडा नम्बर ७ घर भएकी उनी ओमानबाट फागुन २० गते फर्किएकी थिइन् ।

डाक्टरले लगत्तै आइसोलेसन कक्षमा जान सुझाए । तर जाने कसरी ? जिल्लाका धेरै एम्बुलेन्स चालकलाई सम्पर्क गरियो । तर कोहि काममा ब्यस्त छु भने त । कोहिले आफु उक्त महिलालाई लैजान तयार नभएको बताए । यो कुरा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले पनि थाहा पाइसकेका थिए । उनले पनि धेरै एम्बुलेन्स चालकहरुलाई सम्वय गरे । तर कोहि मानेनन् । दिनभर जसो एम्बुलेन्स खोज्नै बित्यो ।

कोहि पनि एम्बुलेन्स चालक नमानेपछि चौतारामा रहेका जिसस प्रमुख तामाङ आफै गाडिलिएर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाई सहित चाडिचौर पुगे । सुरक्षाका उपाय अपनाए । विरामी महिलालाई लिएर चौतारा अस्पतालमा पुगे । अहिले उनलाई चौतारा अस्पताको ओइसोलेसनमा राखिएको छ ।

ओमानबाट फर्किएकी उक्त महिला चैत १७ गते पनि उनी ज्वरो आएपछि स्वास्थ्य चौकीमा पुगेको बताइएको छ । ‘अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख र स्वयम म आफैले एम्बुलेन्स चालकलाई फोन गरे, कोहि पनि उहाँलाई अस्पतालसम्म पुर्याउन तयार हुनुभएन जिसस प्रमुख तामाङले भने ‘म आफै गाडी लिएर गए र अस्पताल ल्याएर भर्ना गरियो, यो एउटा मानवीय सहयोग हो ।’

बिरामी महिला लिन जिसस प्रमुख आफै गाडी चलाएर अस्पताल पुगेका थिए । ‘सुरक्षाको जुन मापदण्ड अपनाउनुपर्ने थियो, त्यहि मापदण्ड अपनाएर आइसोलेसन कक्षसम्म महिलालाई पुर्याएका छौँ, स्वास्थ्य कार्यालय प्रमुख चापागाईले भने ‘सुरक्षामा कुनै कमी छैन् ।’

प्रकाशित मिति : २०७६, २४ चैत्र सोमबार  १० : ०२ बजे

रसुवा बाढी : ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन, खोजी तथा उद्धार तीव्र

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रभावित तथा बेपत्ता नागरिकको

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा