२०८३, ९ असार बुधबार

पाँचखालमा एउटा वडाबाट अर्को वडामा जान रोक

पाँचखालमा एउटा वडाबाट अर्को वडामा जान रोक


धुलिखेल, २३ चैतः पाँचखालमा एउटा वडाबाट अर्को वडामा जान रोक लगाएको छ । संघीय सरकारले निर्णय गरेको भोलिपल्ट आइतबार बसेको ६२ औ बैठकले एक वडाबाट अर्को वडामा जान रोक लगाएको नगर प्रमुख महेश खरेलले जानकारी दिए । कोरोना (कोभिड १९) को संक्रमण न्यूनीकरण तथा रोकथामका लागि एक वडाबाट अर्को वडामा जान रोक लगाएको उनले बताए ।

बैठकको निर्णय अनुसार पाँचखाल नगरपालिकाले तरकारी, दूध, औषधी र खेतबारीमा काम गर्ने कृषक बाहेक भोली देखि एक वडाबाट अर्को वडामा जान जान पाइने छैन । बैठकले कोरोना भाइरस नियन्त्रण, रोकथाम एवं सरसफाइमा नगरपालिकाबाट खटिएका कर्मचारीको मृत्यु भए २५ दिइने स्थायी, अस्थायी तथा करारका कर्मचारीको कोरोनाको कारण मृत्यु भएमा निजको परिवारलाई २५ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले लकडाउन भएपनि स्थानीयले नियममा नबसेको भन्दै बैंठकले मदिरा जन्य पसलहरु सबै बन्द गराउने, वडा भित्र रहेका खाद्यान्न पसलहरु हप्तामा २ दिन सोमबार र शुक्रबार खोल्ने, नगरभित्र रहेका होलसेल पसल हप्तामा १ दिन सोमबारमात्र खोल्न पाउने समेत निर्णय गरेको नगर प्रमुख खरेलले बताए ।

प्रकाशित मिति : २०७६, २३ चैत्र आईतबार  ६ : १६ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि