२०८३, ९ असार बुधबार

रोशी गाउँपालिका अध्यक्ष डिबी लामाले नै लकडाउन तोडेपछि…….

रोशी गाउँपालिका अध्यक्ष डिबी लामाले नै लकडाउन तोडेपछि…….


धुलिखेल, २३ चैतः रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले नै लकडाउनको चरम उल्लंघन गरेको पाइएको छ । सहयोगको नाममा उनले वीपी राजमार्गमा हिडेका मानिसलाई आफ्नै कान्छो भाई गौरब मोक्तानको गाडीमा कोचेर आफ्नो इलाका पार गराएका हुन् । झट्टा हेर्दा उनले गरेको काम राम्रो नै हो । सामान्य परिस्थितिमा भए । तर स्वास्थ्यका हिसाबले उनले जे गरे त्यो ठीक गरेनन् । सवारी पास समेत नलिएको गाडी मार्फत अध्यक्ष लामाले मान्छे ओसारेका हुन् ।

यातायातको साधन नचलेपछि अहिले बीपी राजमार्गबाट गाउँ जानेको लस्कर बढेको छ । रोशी गाउँपालिकाभित्र भइरहेको यस किसिमका गतिविधि प्रति प्रमुख जिल्ला अधिकारीले समेत चासो दिएको बुझिएको छ । तर पालिका अध्यक्षले दाप्चा १ नम्बर पुलबाट नेपालथोकसम्म पुर्याएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

उनले राजमार्गमा हिडिरहेका यात्रुलाई गाडीमा राखेको फोटो पोष्ट गर्दै लेखेका छन् ‘नमोबुद्ध नगरपालिका भकुण्डे निवासी मेरो हितैसी मित्र कृष्णहरी आचार्य ज्यूबाट प्राप्त केहि खाने कुराहरु चिउरा, दालमोठ्, जुस, पानी लगायतका  ख्वाउँदै उदयपुर गाईघाट, सिन्धुली रामेछाप पुग्नु पर्ने केहि पैदल यात्रीहरुलाई आफ्नै कान्छो भाई गौरव मोक्तानको गाडी द्वारा दाप्च १ न.पूलबाट नेपालथोक सम्म पुर्याईयो ।’

लकडाउन भनेको जुन ठाउँमा बसेका छौँ, त्यहि ठाउँमा सुरक्षित बस्नु हो । तर नेपालमा यो पहिलो भएको भएकाले पनि धेरैलाई अत्यास लागेको छ । लकडाउनको पालना भएको छैन । मानिस बीच मानिसकै कारण रोग नसरोस भन्नका लागि लकडाउन गरिएको हो । तर नियम पालना गर्न आदेश दिने मान्छे आफैले नियमको उल्लंघन गरेपछि अहिले रोशी क्षेत्रका स्थानीय चकित परेका छन् ।

पालिका अध्यक्ष डिबी लामाले नै अर्को फोटो पोष्ट गरेका छन रोशीकै । लेखेका छन ‘दुरी कायम गरौँ, अनावश्यक भिडभाड नगरौँ कोरोनाबाट आफु पनि बाचौ र अरुलाई पनि बचाउ ।’ तर उनले गाडीमा भने कुनै दुरी कायम गरी कोचाकोच नगरी यात्रुलाई आफ्नो सिमाना कटाएका हुन् ।

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले स्थानीयबाट गुनासो आएपछि प्रहरीले मान्छे ओसार्न रोकेको बताए । तर स्थानीयले भने पालिकाअध्यक्ष लामाले अझै मान्छे ओसारी रहेको बताएका छन् ।

प्रकाशित मिति : २०७६, २३ चैत्र आईतबार  १ : २८ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि