२०८३, ९ असार बुधबार

तेमाल गाउँपालिकाले भन्यो ‘यो वर्षको तेमाल जात्रा घर–घरमै मनाउनु’

तेमाल गाउँपालिकाले भन्यो ‘यो वर्षको तेमाल जात्रा घर–घरमै मनाउनु’


धुलिखेल, २१ चैतः काभ्रेको तेमाल गाउँपालिकाले यो वर्षको तेमाल जात्रा आ–आफ्नै घरमा मनाउन अपिल गरेको छ । पालिका प्रमुख सलाम सिंह तामाङले शुक्रबार एक सुचना निकालेर ऐतिहासिक तेमाल जात्रा आ–आफ्नो घरमै बसेर मनाउन अपिल गरेका हुन् ।

कोरोना भाइसरको विश्वब्यापी महामारीका सिर्जित परिस्थितिलाई ध्यानमा राख्दैँ लकडाउनकै मिति भित्र तेमाल जात्रा परेको भन्दै पालिका अध्यक्ष तामाङले आफ्नै घरमा बसी बत्ती बाली पितृहरुको पूजा गर्न अपिल गरेका हुन् ।

तेमाल जात्रा यहि २०७६ साल चैत २५ बौद्ध र २६ गते स्वयम्भुमा हुने मिति तय भएको थियो । ‘यो विषम परिस्थिति हो, आशा छ, फेरी हामी अर्को साल पहिले झै बौद्ध र स्वयम्भुको जात्रामा सहभागि हुनेछौँ, पालिका अध्यक्ष तामाङले भने ‘यो वर्ष आफ्नै घरमा आफ्नो परम्परा अनुसारको काम गर्दा नै सबैको भलो हुन्छ ।’

प्रकाशित मिति : २०७६, २१ चैत्र शुक्रबार  ३ : २८ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि