२०८३, ९ असार बुधबार

लिसंखु-पाखरमा कोरोनाको जानकारी लिन हटलाइन, ल्याब छिट्टै सञ्चालनमा आउने

लिसंखु-पाखरमा कोरोनाको जानकारी लिन हटलाइन, ल्याब छिट्टै सञ्चालनमा आउने


धुलिखेल, २० फागुनः सिन्धुपाल्चोक जिल्लाको लिसंखु-पाखर गाउँपालिकाले कोरोना भाइरसको जानकारी दिन र दिन हटलाइन नम्बर सुरु गरेको छ । पालिकाले बिहिबारबाट हटलाइन नम्बर सुरु गरेको स्वास्थ्य शाखा संयोजक राजु बस्नेतले जानकारी दिए ।

गाउँपालिकाभित्रका आम नागरिकले आफुलाई परेको स्वास्थ्य समस्या यहि नम्बरमा फोन गरेर बताउन सक्नेछन् । पालिकाले त्यसको समन्वय गर्नेछ । यहि नम्बरमा फोन गरेर विदेशबाट आएका मानिसहरुले गरिरहेको दैनिक क्रियाकलापको समेत जानकारीदिन सकिने स्वास्थ्य संयोजक बस्नेतले बताए ।‘यो हटलाइन नम्बर कोरोना भाइरस विरुद्धभित्र भइरहेको गतिविधि बुझ्नका लागि हो, उनले भने ‘नागरिकलाई परेको स्वास्थ्य समस्या तत्काल पालिकाको स्वास्थ्य शाखालाई थाहा हुने र त्यहि अनुसारको समन्वय गर्न हामीलाई पनि सजिलो हुनेछ ।’

यसैबीच पालिकाको वडा नम्बर ४ अत्तरपुर स्वास्थ्य चौकीमा पालिका स्तरीय ल्याब सञ्चालनमा आउने भएको छ । ल्याबका लागि चाहिने अधिकांश सामग्री आइसकेको र छिट्टै सञ्चालनमा ल्याइने स्वास्थ्य शाखा संयोजक बस्नेतले बताए । यो पालिकाको चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम अनुसार नै सञ्चालनमा ल्याउन लागिएको हो । ‘कोरोना भाइरसका कारण ल्याब सञ्चालनमा केहि ढिलाइ भयो, तर अब छिट्टै सञ्चालनमा ल्याउँछौँ, उनले भने ‘ल्याबमा कुन–कुन चिजको परीक्षण गर्ने भनेर हामी सूचि बनाउन जुटिरहेका छौँ ।’

प्रकाशित मिति : २०७६, २० चैत्र बिहीबार  ७ : २६ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि