२०८३, १० असार बिहीबार

पनौती नगरपालिकाले ‘फूड बैंक’ सञ्चालन गर्ने

पनौती नगरपालिकाले ‘फूड बैंक’ सञ्चालन गर्ने


धुलिखेल, १९ चैतः काभ्रेको पनौती नगरपालिकाले फूड बैंक सञ्चालन गर्ने भएको छ । बुधबार बसेको नगर स्तरीय विपद् ब्यवस्थापन समितिकाे बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरस महामारीको विपद्का कारण दैनिक  हातमुख जोर्न समस्या रहेका मध्ये वडाले पहिचान गरेका परिवारलाई राहत उपलब्ध गराउन फूड बैंक स्थापना गर्ने निर्णय गरिएको नगरप्रमुख भिमप्रसाद न्यौपानेले जानकारी दिए ।

बैंकमा संघसंस्था, ब्यक्ति वा अन्य निकायले नगरपालिकाको मापदण्डभित्रका दैनिक उपभोग्य वस्तु संकलन गर्न पाउने छन् । फूड बैंकमा खाद्यान्नसँगै साबुन, सेनीटाईजर, मास्क जस्ता स्वास्थ्यका लागि चाहिने सामान समेत सकंलन गर्न पाइने छ । फूड बैंक ब्यवस्थापनका लागि बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीलाई संयोजक तोकिएको छ । फूट बैंक ब्यवस्थापन समितिमा अधिकारी सहित अन्य ४ जना सदस्य छन् । इन्द्रेश्वर प्राथमिक विद्यालयको भवनमा फुड बैंक रहनेछ ।

नगरस्तरीय विपद् ब्यवस्थापन समितिले वडाभित्र सहायताको नाममा आफुखुशी चन्दा उठाउन नदिने र आफुखुशी सहायता वितरण गर्न नदिन वडामा रहेको विपद् ब्यवस्थापन समितिलाई निर्देशन दिएको छ । पनौती नगरपालिकाको हरेक वडामा विपद् ब्यवस्थापन समिति सक्रिय छ । वडामा समितिका संयोजक वडाध्यक्ष रहने ब्यवस्था छ ।

बैठक राहत प्याकेजकाे मापदण्ड समेत ताेकेकाे छ । ४ जनासम्मको परिवारलाई १० केजी चामल, त्यो भन्दा बढीलाई १५ केजी चामल एक हप्ताका राहत उपलब्ध गराउन निर्णय पनि गरेको छ । त्यस्तै दाल, गेडागुडी, नुन, तेल, बेसार, प्याज, लसुन, चाउचाउ, विस्कुट, चिनी, चियापत्ती, साबुन, आलु, चिउरा, दालमेठ सहित १७ प्रकारका चिज उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले आफ्नो वडाभित्र दैनिक गुजारा चलाउन नसक्ने वास्तविक पिडितहरुको तथ्याङ्क जतिसक्दो छिटो गर्न पनि वडाध्यक्षहरुलाई निर्देशन दिएको छ । हरेक वडालाई सहयता दिन तयार कुनै पनि संघ, संस्था, निकाय र ब्यक्तिको समेत सूची बनाउने भनिएको नगरप्रमुख न्यौपानेले बताए ।

बैठकले आफ्नो वडाभित्र दैनिक गुजारा चलाउन नसक्ने वास्तविक पिडितहरुको तथ्याङ्क जतिसक्दो छिटो गर्न पनि वडाध्यक्षहरुलाई निर्देशन दिएको छ । हरेक वडालाई सहयता दिन तयार कुनै पनि संघ, संस्था, निकाय र ब्यक्तिको समेत सूची बनाउने भनिएको नगरप्रमुख न्यौपानेले बताए ।

बैठकले प्रत्येक वडामा आपूर्ति ब्यवस्थालाई सहज बनाउन वडाध्यक्षको संयोजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरेको छ । बैठकले मानिस बीच सानिसको दुरी १ मिटर कडाइ साथ लागु गर्न पनि भनेको छ । दुध संकलन गर्दा साबुन वा सेनिटाइजरको अनिवार्य प्रयोग गर्न पनि सबैलाई आग्रह गरेको छ ।

बैठकले सबै वडामा रहेका किराना पसल, स्टोर, आपूर्ति कर्ता, र बिक्रेताहरुको सूची तयार पार्न र दैनिक अत्यावश्यकीय उपभोग्य वस्तुहरुको समय तालिक बनाए विक्रि गर्ने ब्यवस्था मिलाउन पनि सबै वडा कार्यालयहरुलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०७६, १९ चैत्र बुधबार  ११ : ३७ बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा