२०८३, ९ भाद्र बुधबार

नमोबुद्ध नगरपालिका-२ ले भन्यो ‘एक घरबाट अर्को घर पनि प्रवेश नगर्नु’

नमोबुद्ध नगरपालिका-२ ले भन्यो ‘एक घरबाट अर्को घर पनि प्रवेश नगर्नु’


धुलिखेल, १७ चैतः कोरोना भाइसर फैलन नदिन काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर २ ले कठोर निर्णय गरेको छ । वडाध्यक्ष सञ्जिव ढकालले नेपाल सरकारबाट संक्रमणको पूर्ण अन्त्य भएको घोषणा नहुँदा सम्म एक टोलका बासिन्दा अर्को टोलमा, एक गाउँबाट अर्को गाउँमा र एक घरका सदस्य अर्को घरमा प्रवेश नगर्न आग्रह गरेका हुन् ।

वडा नम्बर २ ले पछिल्लो समय विदेशबाट आएका मानिसहरुका सम्पर्कमा नजान समेत अनुरोध गरेको छ । हाल नेपालमा विदेशबाट आएका मानिसहरुमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै वडाध्यक्ष ढकालले उनीहरुको सिधा सम्पर्कमा नजान आग्रह गरे । वडा कार्यालय आफ्नो क्षेत्रमा अपरिचित ब्यक्तिलाई प्रवेश निषेध गरेको छ ।

गाउँमा प्रवेश गरेका नयाँ मान्छेका आनीबानी, हिडाई डुलाई र जनसम्पर्क कस्थो थियो भन्ने जानकारी हुन नसक्ने भएकाले त्यस्ता ब्यक्तिहरुलाई प्रवेश निषेद गरिएको वडाध्यक्ष ढकालले बताए । अन्तर्राष्ट्रिय उडान रद्द गर्नु अघि विदेशबाट वडामा आएका सबैलाई क्वारेन्टाइनमा बस्न वडा कार्यालयले भनेको छ ।

प्रकाशित मिति : २०७६, १७ चैत्र सोमबार  ३ : ४५ बजे

रसुवा बाढी : ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन, खोजी तथा उद्धार तीव्र

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रभावित तथा बेपत्ता नागरिकको

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा