२०८२, १४ फाल्गुन बिहीबार

मण्डनदेउपुरको क्वारेन्टाइनमा ५ जना, क्वारेन्टाइनमा खटिने कर्मचारीको जीवन बिमा

मण्डनदेउपुरको क्वारेन्टाइनमा ५ जना, क्वारेन्टाइनमा खटिने कर्मचारीको जीवन बिमा


धुलिखेल, १६ चैतः काभ्रेको मण्डनदउपुर नगरपालिकाको क्वारेन्टाइनमा विदेशबाट फर्किएका ५ जनालाई राखिएका छन् । उनीहरुलाई महादेव प्राथमिक विद्यालयमा स्थापना गरिएको डुम्रिडाँडामा रहेको क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले जानकारी दिए ।

उनका अनुसार विदेशबाट फर्किएका अन्य ५ जनालाई आफ्नै घरको क्वारेन्टाइनमा बसेका छन् । उनीहरुको निगरानी पालिकाको स्वास्थ्य कर्मीले गरिरहेका छन् । नगरपालिकाले विदेशबाट फर्किएका सबैलाई नेपाल सरकारले तोकेको अवधिभर क्वारेन्टाइनमा बस्न निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । पालिकाले सिपाघाटमा १५ बेड र कालिका प्राथमिक विद्यालय नौ बिसेमा १५ बेडको क्वारेन्टाइन तयारी अवस्थामा राखेको छ । थप २० बेडको क्वारेन्टाइनमा पनि तयार गरिनेछ ।

यसैबीच नगरपालिकाले क्वारेन्टाइनमा खटिने स्वास्थ्य कर्मचारी र सुरक्षा कर्मीको जीवन बिमा गर्ने निर्णय गरेको छ । आइतबार बसेको विपद् ब्यवस्थापन समितिको बैठकले ५ लाखको जीवन बिमा गर्ने निर्णय गरेको हो । बैठकले मंगलबार राति १८ गते १२ बजेदेखि नगरपालिकाभित्र प्रवेश गर्ने सम्पूर्ण नाका बन्द गर्ने निर्णय गरेको उपप्रमुख निर्मला शाहीले जानकारी दिइन् । जिरो किलो, ज्याम्दी, नगरकोट, कात्तिके भञ्ज्याङ र सिपाघाट नाका बन्द हुनेछ ।

प्रकाशित मिति : २०७६, १६ चैत्र आईतबार  ४ : २५ बजे

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको