२०८३, ९ भाद्र बुधबार

सिन्धुपाल्चोकका तीन जना आइसोलेसनमा उपचार गराउँदै

सिन्धुपाल्चोकका तीन जना आइसोलेसनमा उपचार गराउँदै


धुलिखेल, १४ चैतः सिन्धुपाल्चोक जिल्लामा तीन जनालाई आइसोलेसनमा राखेर उपचार थालिएको छ । भोटेकोशी गाउँपालिकाका तिन जनालाई प्राथामिक स्वास्थ्य केन्द्र बाह्रविसेमा राखेर उनीहरुलाई उपचार सुरु गरिएको हो ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखापरेपछि उनीहरुलाई आइसोलेसनमा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोक प्रमुख दुर्गातत्त चापागाईका अनुसार उनीहरु हिजोदेखि स्वास्थ्य केन्द्रमा भर्ना भएका हुन् । उनीहरुको नमुना टेकु अस्पताल पठाइने र रिपोर्ट नआउँदा सम्म आइसोलेसनमै राखिने स्वास्थ्य कार्यालय प्रमुख चापागाईले बताए ।

गत माघ २७ गते इराकबाट फर्किएकी ३४ बर्षीया निमास्याङबो शेर्पा, उहाँको १७ बर्षीया छोरी याङगी शेर्पा र सोही स्थानका ८० बर्षीय छिरिङदोर्जे लामालाई सुख्खा रुघाखोकी लागेपछि बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशन वार्डमा राखि उपचार सुरु गरिएको बाह्रविसे स्वास्थ्य केन्द्रले जनाएको छ ।

स्वाब संकलनका लागि स्वास्थ्य केन्द्रमा बिरामीको स्वाब राख्ने भिटिएम (विशेष प्रकारको किट) आइपुगेपछि संकलन गरिएको स्वाब परिक्षणका लागि टेकु अस्पताल पुठाइने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख चापागाईले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, १४ चैत्र शुक्रबार  ८ : ०४ बजे

रसुवा बाढी : ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन, खोजी तथा उद्धार तीव्र

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रभावित तथा बेपत्ता नागरिकको

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा