२०८२, १० फाल्गुन आईतबार

चीनको राजदुतमा पाण्डे सिफारिस पौडेललाई फिर्ता बोलाइयो

चीनको राजदुतमा पाण्डे सिफारिस पौडेललाई फिर्ता बोलाइयो


काठमाडौं–१९, फागुन : सरकारले चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डेलाई सिफारिस गर्दै लीलामणि पौडेललाई फिर्ता बोलाएको छ ।

मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको हो । पूर्व मुख्यसचिव पौडेललाई २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त गरिएको थियो । तत्कालिन पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको सरकार पौडेलाई राजदुत नियुक्ति गरे.को थियो ।
बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाण्डेको नाम सिफारिस गरेका थिए । त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले मौन सहमति जनाएको मन्त्री परिषदका एक सदस्यले बताए ।

पौडेललाई १५ दिनको म्याद दिएर फिर्ता बोलाइएको छ । उनलाई फिर्ता बोलाउनुको कारण भने खुलाइएको छैन । पौडेललाई फिर्ता बोलाउने विषयमा यसअघि पनि मन्त्रीपरिषद्मा छलफल भएको थियो । नयाँ राजदुत पाण्डेका विषयमा संसदीय सुनुवाई हुन बाँकी छ । वर्तमान प्रधानमन्त्री ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पनि महेन्द्रबहादुर पाण्डेलाई चीनकै लागि राजदुत बनाउने निर्णय भएको थियो । लगत्तै तत्कालिन ओली सरकार ढलेपछि पाण्डेको निर्णय बदर गर्दै पुष्पकमल दाहाल नेतृत्वको सरकारले पौडेललाई चीनको राजदुत नियुक्त गरेको थियो ।

अहिले वहिर्गमित हुँदै गरेका पौडेलको ४ वर्षे कार्याकाल सकिन केही महिना मात्रै बाँकी छँदा पाण्डेको सिफारिस भएको हो । जनकारहरुकाअनुसार पौडेलप्रति प्रधानमन्त्री ओली सन्तुष्ट थिएनन् । पौडेलको परराष्ट्र मन्त्रलयसँगको सम्बन्ध पनि राम्रो थिएन ।

प्रकाशित मिति : २०७६, १९ फाल्गुन सोमबार  १२ : ३२ बजे

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको