२०८३, ११ भाद्र शुक्रबार

प्रदेश ३ को राजधानी र नामकरण हिउँदे अधिवेशनमा

प्रदेश ३ को राजधानी र नामकरण हिउँदे अधिवेशनमा


हेटौँडा, २९ मङ्सिर: प्रदेश नं ३ का सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका मुख्य सचेतक रामेश्वर फुँयालले प्रदेशसभाको हिउँदे अधिवेशन आगामी पुसको अन्तिम साता बस्ने र उक्त अधिवेशनका लागि आवश्यक कार्यसूचीको पूर्ण तयारी भइरहेको बताउनुभएको छ ।

उहाँले रासससँग संक्षिप्त कुरा गर्दै आगामी हिउँदे अधिवेशनमा प्रदेशको स्थायी राजधानी र नामकरणको विषय छलफलमा ल्याइने तथा सहमतिका आधारमा टुङ्गो लगाइने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारले चालु आवभित्र ल्याएको बजेटमा प्रदेशका विभिन्न जिल्लामा राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्य भइरहेको र अहिले ती जिल्लामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट खटिएका उच्च अधिकृतले प्रत्यक्ष अनुगमन गरिरहेका जानकारी दिनुभयो ।

मुख्य सचेतक फुँयालले प्रदेश सरकारले १३ वटै जिल्लाका कृषकलाई दूधको उत्पादन, तरकारी र मौसमी फलफूल खेतीका लागि उच्च प्राथमिकता दिई बजेट विनियोजन गरिएको बताउनुभयो ।

प्रकाशित मिति : २०७६, २९ मंसिर आईतबार  ५ : ०९ बजे

५० लाखमुनि लक्जरी ईभी ! स्काईवेलको मूल्य सुनेर नाडा अटो शोका दर्शक चकित

काठमाडौं । नाडा अटो शो २०२६ मा एउटा ईभीले आफ्नो

भेटिएका ४८९ शवमध्ये ३९३ अझै बेवारिसे, पहिचानको पर्खाइमा आफन्त

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि

केरुङ पहिरो : जोखिमबीच चिनियाँ उद्धार टोली प्रभावित क्षेत्रमा, खोजी तीव्र

काठमाडौं । चीन–नेपाल सीमा क्षेत्रमा पर्ने केरुङमा गएको भीषण पहिरोपछि

बाढीपहिरो पीडितका लागि एमालेको २० लाख सहयोग, स्वयंसेवक पनि परिचालन

काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेकपा

गण्डकी सरकारको बाढीपीडितलाई ४ करोड सहयोग

काठमाडौं । गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार