२०८३, २१ आश्विन बिहीबार

धुलिखेलको गोल्मा देवी आधारभूत विद्यालयमा नयाँ भवन

धुलिखेलको गोल्मा देवी आधारभूत विद्यालयमा नयाँ भवन


धुलिखेल, २२ मंसिर काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर १ मा रहेको गोल्मा देवी आधारभूत विद्यालयमा नयाँ भवन बनेको छ ।

भूकम्प प्रतिरोधात्मक नयाँ चार कोठे भवनको आइतबार धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यञ्जुले उद्घाटन गर्नुभएको हो । ‘हामी हाम्रो नगरभित्रका कोहि पनि बालबालिका असुरक्षित भवनमा बसेर पढ्न नपरोस भनेर लागिपरेका छौँ, नगरप्रमूख ब्याञ्जुले भने ‘सुरक्षित विद्यालय भवनसँगै गुणस्तरीय शिक्षालाई पनि नगरपालिकाले पहिलो प्राथमिकतमा राखेको छ ।

शिक्षा विकास तथा समन्वय ईकाई काभ्रेको ३६ लाख र धुलिखेल नगरपालिकाको ७ लाख आर्थिक सहयोगमा भवन निर्माण सम्पन्न भएको वडा नम्बर १ का वडाध्यक्ष रमेश प्रसाद घोरासैनीले जानकारी दिए ।

२०७२ सालको भुकम्पमा विद्यालयको भवन भत्किएपछि नयाँ बनाइएको हो । विद्यालय भवन बनेपछि अस्थायी सिकाई केन्द्रमा पढ्दै आएका बालबालिकालाई सजिलो भएको छ । विद्यालयमा सय जना विद्यार्थी पढ्दै आइरहेका छन् ।

प्रकाशित मिति : २०७६, २२ मंसिर आईतबार  ८ : ३४ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक