२०८३, ५ आश्विन मंगलबार

काभ्रेमा ‘पुनःनिर्माण’ले नछोएका ८३ विद्यालय

काभ्रेमा ‘पुनःनिर्माण’ले नछोएका ८३ विद्यालय


काभ्रेपलाञ्चोक, ६ कात्तिक: भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयमध्ये ८३ विद्यालयलाई अहिलेसम्म पुनःनिर्माण योजनाले छोएको छैन । पुनःनिर्माण योजनाले नछोएका अधिकांश विद्यालयका विद्यार्थी अस्थायी छाप्रोमा पढ्न बाध्य छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग दाताले दिएको रकम सम्झौता गर्न ढिलाइ हुनु, विद्यालयका लागि उपुयक्त जमीन प्राप्त गर्न नसक्नु, विद्यालय छनोटमा ढिलाइ हुनु तथा विभिन्न प्राविधिक कठिनाइका कारण ८३ विद्यालयको पुनःनिर्माणको काम शुरु नभएको जिल्ला शिक्षा समन्वय एकाइ धुलिखेलले जनाएको छ । “भौगोलिक विकटता, दक्ष कामदारको अभावले पनि पुनःनिर्माणमा प्रतिकूल प्रभाव परेको छ”, एकाइ प्रमुख द्वारिका पोखरेलले भन्नुभयो ।

जिल्ला शिक्षा विकास तथा समन्वयबीच बजेटमा एकरुपता नहुनु तथा अभिभावकमा चासो–चिन्ता नदेखिनु अर्को प्रमुख कारण रहेको पोखरेलले बताउनुभयो । उहाँका अनुसार पुनःनिर्माण थालिएको चार वर्षमा जिल्लाका ५८७ सामुदायिक विद्यालयमध्ये ६० प्रतिशत विद्यालयको पुनःनिर्माणको काम सकिएको छ । पोखरेलले भन्नुभयो, “निर्माणाधीन विद्यालयका काम हाल तीव्रताका साथ भइरहेको छ ।”

भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयको पुनःनिर्माणमा अझै एक वर्ष लाग्ने भएको छ । निर्माणाधीन विद्यालयको ८५ प्रतिशत काम सम्पन्न भएको एकाइको तथ्याङ्कले देखाएको छ । काभ्रेपलाञ्चोकका सामुदायिक विद्यालयको पुनःनिर्माण योजनामा सेभ द चिल्ड्रेन, इको हिमाल, नाङ्साल एशोसिएसन, नेपाल एण्ड बीओल्ड युनिसेफ चायल्ड स्पेस फाउण्डेशन, हेल्थ एण्ड एजुकेशन फर अल, एक्सन एड तथा भारतीय दूतावासलगायतले सहयोग गरेका छन् ।

मण्डन देउपुर नगरपालिका र महाभारत गाउँपालिकामा पूर्ण क्षति भएका विद्यालयको पुनःनिर्माणको काम आउँदो विसं २०७७ भित्र सक्ने योजना छ । एकाइका अनुसार हाल धुलिखेल नपामा ५०, पाँचखाल नपामा ७५, पनौती नपामा ६५, नमोबुद्ध नपामा ६५, बनेपा नपामा ६० प्रतिशत विद्यालयको पुनःनिर्माण भएको छ । यस्तै, खानीखोला गाउँपालिकामा ८०, चौँरीदेउराली गाउँपालिकामा ७०, रोशी गाउँपालिकामा ७०, भुम्लु गाउँपालिकमा ७०, बेथानचोक गाउँपालिकामा ६० र तेमाल गाउँपालिकामा ६५ प्रतिशत सामुदायिक विद्यालयको पुनःनिर्माणको काम सकिएको हो ।

अठ्ठाइस विद्यालय एशियाली विकास बैंक (एडिबी)को सहयोगमा निर्माण भएका छन् । नेपाल सरकार तथा दाताबाट निर्माण सम्पन्न भएका विद्यालय हस्तान्तणको काम पनि भइरहेको पोखरेलले बताउनुभयो । जिल्लाका कूल ६९० विद्यालयमध्ये १०३ संस्थागत विद्यालय छन् । ती विद्यालयमा हाल ७७ हजार ८५४ विद्यार्थी अध्ययनरत छन् । रासस

प्रकाशित मिति : २०७६, ६ कार्तिक बुधबार  ८ : ५२ बजे

त्रिपुरेश्वर बसकाण्ड : आगलागीमा घाइते चालकको मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालकको

प्रधानमन्त्री शाह आज अमेरिका जाँदै, २४ सेप्टेम्बरमा यूएन महासभालाई सम्बोधन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने : मुख्यमन्त्री किरण थापा

भक्तपुर, ५ असोज : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक घाइते

काठमाडौं । त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि बसमा आगलागी हुँदा

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको