२०८२, ६ फाल्गुन बुधबार

नेपालको संविधान अब सबैको हातहातमा, पकेट संविधान प्रकाशित

नेपालको संविधान अब सबैको हातहातमा, पकेट संविधान प्रकाशित


काठमाडौं, कात्तिक ६: नेपालको संविधान, २०७२ लाई आम नेपालीको हातहातमा पुर्याउन सरकारले पहिलो पटक सानो साइजमा ‘पकेट संविधान’ प्रकाशित गरेको छ। सर्वोच्च अदालत, विभिन्न मन्त्रालय र सरोकारवालालगायत अधिकांश निकायले पकेट संविधान प्रकाशित गर्न आग्रह गरेपछि कानुन किताब व्यवस्था विभागले पकेट संविधान प्रकाशित गरेको हो।

यसअघि संविधान जारी भएलगत्तै विभागले निःशुल्क वितरण गर्ने गरी २० हजार प्रति प्रकाशित गरेको थियो।‘पकेटमा बोक्न मिल्ने गरी सानो आकारमा पकेट संविधान प्रकाशित गरेका हौं।’ –विभागका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले भने । विभागले दुई हजार प्रति छपाइ गरेको छ।

संविधान जारी भएलगत्तै सरकारले देशको संविधान सबै नेपालीको हात–हातमा पुर्याउने घोषणा गरेको थियो। सोहीअनुसार पकेट संविधान प्रकाशित गरेको विभागको भनाइ छ। पकेट संविधान प्रकाशित गरेपछि सो संविधान खरिद गर्ने ग्राहकको संख्या ह्वात्तै बढेको बताइएको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, ६ कार्तिक बुधबार  ७ : ४१ बजे

काभ्रेमा कांग्रेसलाई झट्का : नमोबुद्ध-११ का दर्जनौँ कार्यकर्ता एमाले प्रवेश

बनेपा । नमोबुद्ध नगरपालिका वडा नं. ११ का दर्जनौँ नेपाली

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १