२०८२, २४ चैत्र बुधबार

नेकपा सांसद गुरुङविरुद्ध पक्राउ पूर्जी जारी

नेकपा सांसद गुरुङविरुद्ध पक्राउ पूर्जी जारी


काठमाडौं, असोज २९ : ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोलखाबाट निर्वाचित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधिसभा सांसद पार्वत गुरुङविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ। नेकपा केन्द्रीय सदस्यसमेत रहेका गुरुङविरुद्ध काठमाडौं जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दोलखामार्फत गत असोज ८ गते पक्राउ पूर्जीको म्याद तामेल गरेको हो।

जिल्ला प्रहरी कार्यालय दोलखाका एक अधिकृतले जिल्ला अदालत काठमाडौंबाट प्राप्त भएको पक्राउ पूर्जीबारे सांसद गुरुङलाई जानकारी गराइएको बताए। ‘काठमाडौं जिल्ला अदालतबाट प्राप्त भएको पत्रबारे हामीले उहाँ (पार्वत गुरुङ) लाई जानकारी गराइसकेका छौँ’, ती अधिकृतले भने, ‘तर उहाँलाई पक्राउ गर्ने भन्दा पनि अदालतले उपस्थित गराउनु भनेको हो।’ काठमाडौं जिल्ला अदालतबाट जारी उक्त पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले इलाका प्रहरी कार्यालय सिंगटीमार्फत् गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयमंबहादुर खड्कालाई बुझाइएको ती अधिकृतले बताएका छन्।

आफूविरुद्ध जारी ३५ दिने पक्राउ पूर्जीबारे सांसद गुरुङ पनि जानकार रहेको प्रहरीले जनाएको छ। काठमाडौं जिल्ला अदालतले गत भदौमै पत्र पठाएर गुरुङलाई उपस्थित गराउन दोलखा प्रहरीलाई भनेको थियो। प्रहरीले गुरुङका नाममा पठाइएको पत्र तामेल गरिसकेको छ। २०७४ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि काठमाडौंका गौशालामा भएको सांघातिक आक्रमणको घटनामा संलग्न भएको अभियोगमा सांसद गुरुङसहित ७ जनाविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको हो।

सांसद गुरुङले पनि तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र रहँदा भएको घटनालाई लिएर पूर्वमाओवादीहरूले पूर्वाग्रह साँधेर आफूविरुद्ध मुद्दा दर्ता गरेको बताएका छन्। मंगलबार मात्रै प्रहरीले सर्लाहीबाट निर्वाचित राजपाका सांसद प्रमोद साहलाई पक्राउ गरी अदालतमा म्याद थप गरेको छ। उनलाई जनकपुर विमानस्थलमा तोडफोड गरेको अभियोगमा पक्राउ गरी मुद्दा चलाउन लागिएको हो।

प्रकाशित मिति : २०७६, २९ आश्विन बुधबार  ६ : ३६ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि