२०८२, ६ फाल्गुन बुधबार

सभामुखका लागि नेकपाभित्रै तानातान

सभामुखका लागि नेकपाभित्रै तानातान


काठमाडौं , असोज २८ : कृष्णबहादुर महराको बहिर्गमनसँगै सत्तारुढ नेकपाभित्र प्रतिनिधिसभाको सभामुखका लागि उपयुक्त पात्रको खोजी सुरु भएको छ । दुई अध्यक्ष र शीर्षस्तरका नेताहरु परामर्शमा जुटिरहँदा सभामुख पदमा पार्टीभित्रका पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच तानातान हुन थालेको छ ।

संविधानअनुसार सभामुख र उपसभामुख फरक दलबाट चयन गरिनुपर्छ । हाल नेकपाकै शिवमाया तुम्बाहाङ्फे उपसभामुख छिन् । नेकपाले फेरि पनि प्रभावशाली सभामुख पद गुमाउन चाहेको छैन ।

पार्टी एकीकरणपछिको भागबन्डामा सभामुख पद पूर्वमाओवादीको भागमा परेकाले अहिलेपनि आफूहरुबाटै छानिनुपर्ने उक्त खेमाको दावी छ । उक्त खेमाबाट नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ मुख्य दावेदार गरिएका छन् । सभामुख नेकपाले लिए संविधानअनुसार उपसभामुख पद भने उसले छाड्नुपर्नेछ । यो समाचार कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छिन् ।

प्रकाशित मिति : २०७६, २८ आश्विन मंगलबार  ६ : ५३ बजे

काभ्रेमा कांग्रेसलाई झट्का : नमोबुद्ध-११ का दर्जनौँ कार्यकर्ता एमाले प्रवेश

बनेपा । नमोबुद्ध नगरपालिका वडा नं. ११ का दर्जनौँ नेपाली

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १