२०८२, ६ फाल्गुन बुधबार

राष्ट्रपति सीको भ्रमणले द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा : उपप्रधानमन्त्री पोखरेल

राष्ट्रपति सीको भ्रमणले द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा : उपप्रधानमन्त्री पोखरेल


काठमाडौँ, २७ असोज: उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ । ‘सिल्क रोड युथ फोरम’ले आज यहाँ आयोजना गरेको ‘चाइना–नेपाल युथ कोअपरेशन कन्फरेन्स’को उद्घाटन कार्यक्रममा उहाँले राष्ट्रपति सीको भ्रमणले नेपालीमा नयाँ आशा र उत्साह थपेको बताउनुभयो ।

भ्रमण द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन ऐतिहासिकरुपमा सफल भएको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले चीनको सहयोगले नेपाललाई भूपरिवेष्टित मुलुकबाट भूजडित मुलुक बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल र चीन दुवै देश पुराना मित्र हुन् । हाम्रो मित्रतामा कहिल्यै आँच आएन, बरु सहयोगी सम्बन्ध रहिरह्यो । दुवै देशबीच जनस्तरमा पनि बलियो सम्बन्ध रहिआएको छ ।” नेपालले चीनको विकास र समृद्धिबाट सिक्न चाहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपाल अहिले विश्वमै धेरै युवा जनसङ्ख्या भएको मुलुकमध्ये एक रहेको उल्लेख गर्दै दुवै देशका युवाबीच रोजगारी सिर्जना र व्यावसायिक योजनामार्फत दुवै देशले लाभ लिनसक्ने धारणा व्यक्त गर्नुभयो । साथै उहाँले राष्ट्रपति सीको नेपाल भ्रमण उपलब्धिमूलक र ऐतिहासिकरुपमा सफल भएको बताउनुभयो ।

फोरमका उपाध्यक्ष तथा महासचिव यङ दोङपिङले नेपाल र चीनबीचको सम्बन्ध माथि प्रकाश पार्दै दुवै देशको आर्थिक विकास र समृद्धिका लागि द्विपक्षीय सहकार्यमा जोड दिनुभयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचार तथा प्रकाशन केन्द्रीय विभागका उपप्रमुख सूर्यबहादुर थापाले ‘नेपाल–चीन सम्बन्ध, नयाँ युगमा बहुआयामिक साझेदारी’ सम्बन्धी प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा नेपाल र चीनका युवा विज्ञले विभिन्न विषयका १० प्रस्तुति दिनुभएको थियो ।

प्रकाशित मिति : २०७६, २७ आश्विन सोमबार  ६ : १९ बजे

काभ्रेमा कांग्रेसलाई झट्का : नमोबुद्ध-११ का दर्जनौँ कार्यकर्ता एमाले प्रवेश

बनेपा । नमोबुद्ध नगरपालिका वडा नं. ११ का दर्जनौँ नेपाली

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १