२०८३, ३० जेष्ठ आईतबार

महराको अर्को राजीनामा आयो, सभामुख पद खाली

महराको अर्को राजीनामा आयो, सभामुख पद खाली


काठमाडौं, १५ असोज: यौन हिंसाको आरोप लागेको सभामुख कृष्णबहादुर महराले अर्को राजीनामा पनि पेश गरेका छन् । संसद सचिवालयकी कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेसँगै उनी गम्भीर विवादमा मुछिएका थिए । यसअघि ससर्त राजीनामा बुझएका महराले संसद सचिवालयमा अर्को निःशर्त राजीनामा पत्र पनि बुझाएका हुन्। गत आइतबार राति संसद सचिवालयकै कर्मचारी रोशनी शाहीमाथि यौनहिंसा गरेको आरोप लागेपछि महराले मंगलबार शर्तसहितको राजीनामा उपसभामुख शिवमाया तुम्बाहाम्फे समक्ष सभामुख पदबाट राजीनामा बुझाएका थिए । राजीनामा पत्रमा छानवीनबाट दोषी प्रमाणित नभए पुनः सभामुखमा फर्कन सकिने आसय व्यक्त गरिएको थियो । यसप्रति चौतर्फी विरोध भइरहेका बेला उनले निःसर्त राजीनामा पेश गरेका हुन् ।

महराले सभामुखबाट दिएको राजीनामाको व्यहोरा सच्च्याएर दोस्रो पत्र बुझाएका हुन् । पहिलो राजीनामामा शर्त राखेका उनले दोस्रो राजीनामामा शर्त हटाएपछि संसद सचिवालयले उनको पद रिक्त भएको सूचना सार्वजनिक गरेको छ। सचिवालयले आफ्नो वेबसाइटबाट महराको फोटो पनि हटाएको छ । सुरुमा बुझाएको राजीनामामा छानवीन प्रक्रिया पूरा नभएसम्मका लागि भन्‍ने शब्द थियो भने पछिल्लो राजीनामामा उक्त शब्द हटाएर महराले बुझाएका हुन्। पछिल्लो राजीनामा पत्रअनुसार नै संसद सचिवालयले उपसभामुखको निर्देशनमा सभामुख पद खाली भएको सूचना जारी गरेको छ ।

प्रकाशित मिति : २०७६, १५ आश्विन बुधबार  ५ : १६ बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको