२०८३, ११ भाद्र शुक्रबार

जनताको आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन्छः नेम्बाङ

जनताको आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन्छः नेम्बाङ


काठमाण्डौँ ४ असोज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली जनताको आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने बताउनुभएको छ ।

चार वर्षअघि जारी गरिएको संविधानमा संशोधन नहुने भनेर कहीँकतै नराखिएकाले जनताको जनमत लिएर संशोधन गर्न सकिने उहाँले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी स्थानीय तह विभाग इलामद्वारा जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा बोल्दै नेता नेम्वाङले संविधान संशोधनका लागि जनताको जनमत आवश्यक पर्ने बताउनुभयो । संविधानसभाका पूर्वअध्यक्षसमेत रहनुभएका नेता नेम्वाङले संविधान कार्यान्वयनका पक्षमा सरकारले तीव्रगतिमा काम गरिरहेको र आवश्यक ऐन कानून बनिसकेकाले अब विकास र समृद्धिको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

नेता नेम्वाङले सङ्घीय र प्रदेश सरकारको काम कारवाहीलाई सहयोग गर्दै स्थानीय सरकारका जनप्रतिनिधि अघि बढ्नुपर्ने उल्लेख गर्दै स्थानीय सरकार जनतालाई सेवा दिने तह भएकाले जनमुखी र छिटोछरितो सेवा दिएर परिवर्तनको आभाष दिन जनप्रतिनिधि लाग्नुपर्नेमा जोड दिनुभयो । RSS

प्रकाशित मिति : २०७६, ४ आश्विन शनिबार  ६ : ३० बजे

५० लाखमुनि लक्जरी ईभी ! स्काईवेलको मूल्य सुनेर नाडा अटो शोका दर्शक चकित

काठमाडौं । नाडा अटो शो २०२६ मा एउटा ईभीले आफ्नो

भेटिएका ४८९ शवमध्ये ३९३ अझै बेवारिसे, पहिचानको पर्खाइमा आफन्त

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि

केरुङ पहिरो : जोखिमबीच चिनियाँ उद्धार टोली प्रभावित क्षेत्रमा, खोजी तीव्र

काठमाडौं । चीन–नेपाल सीमा क्षेत्रमा पर्ने केरुङमा गएको भीषण पहिरोपछि

बाढीपहिरो पीडितका लागि एमालेको २० लाख सहयोग, स्वयंसेवक पनि परिचालन

काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेकपा

गण्डकी सरकारको बाढीपीडितलाई ४ करोड सहयोग

काठमाडौं । गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार