२०८२, २४ चैत्र बुधबार

संविधान दिवसमा २६० कैदीको सजाय कट्टा, २२ कैदीलाई माफी

संविधान दिवसमा २६० कैदीको सजाय कट्टा, २२ कैदीलाई माफी


काठमाडौँ, ३ असोज :  संविधान दिवसका अवसरमा सरकारले २६० कैदीको बाँकी कैदको सजाय कट्टा गरेको छ भने २२ कैदीलाई माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सजाय माफी दिनुभएको हो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन, २०७४ तथा फौजदारी कसूर ९कैद कट्टा० नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा भीमबहादुर शेर्पासमेतका २६० जना कैदीको बाँकी सजाय कट्टा गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

यस्तै सरकारले २२ जना कैदीको कैद सजाय माफी दिएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामकिशोर साह तेलीसमेत २२ जनाको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व लगायतको सजाय माफी गर्नुभएको सहायक प्रवक्ता घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।  रासस

प्रकाशित मिति : २०७६, ३ आश्विन शुक्रबार  ७ : २४ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि