२०८२, २३ चैत्र मंगलबार

लोकतन्त्र सुदृढीकरणका लागि काङ्ग्रेसको जनजागरण

लोकतन्त्र सुदृढीकरणका लागि काङ्ग्रेसको जनजागरण


काठमाडौँ, ३ असोज : शान्ति, स्थिरता र लोकतन्त्रको सुदृढीकरणका लागि नेपाली काङ्ग्रेसले दोस्रा चरणको जागरण अभियान गरेको आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ३ प्रदेश नं ९१० ले आज जोरपाटीमा आयोजना गरेको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य अम्बिका बस्नेतले सरकारका काम सन्तोषजनक नभएको आरोप लगाउँदै जनजागरणमार्फत लोकतन्त्रका लागि पहरेदारी गर्न देशभर अभियान चलाइएको बताउनुभयो । संसद्मा पेश भएका विधेयकमा लोकतान्त्रिक मूल्य, मान्यतालाई कमजोर बनाउन खोजिएकोले खबरदारी गर्न काङ्ग्रेस लागेको उहाँले बताउनुभयो ।

काठमाडौँ क्षेत्र नं ३ का सभापति एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले जनताले आशा गरेअनुसार विकास निर्माण गर्न तीनै तहका सरकारबीच समन्वयमा काम हुन नसकेको जानकारी गराउनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि उर्मिला केसी, नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, क्षेत्र नं ३, प्रदेश ९१० सभापति सत्यभामा श्रेष्ठ, काठमाडौँ महानगरपालिका–६ का सभापति भुवन लामालगायतले जागरण कार्यकर्तामै सीमित हुनु नहुनेमा जोड दिनुभयो ।

भदौ २४ गतेदेखि शुरु भएको पार्टीको दोस्रो चरणको जागरण अभियान असोज ७ गते समापन हुने कार्यक्रम छ । यसैगरी संविधान दिवसका अवसरमा पार्टीको महानगर–६, गोकर्णेश्वर नगरपालिका वडा नं ५ र ९ ले जोरपाटी चोकमा दीपावली गर्ने कार्यक्रम रहेको छ । रासस

प्रकाशित मिति : २०७६, ३ आश्विन शुक्रबार  ७ : ०२ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि