२०८३, १५ कार्तिक आईतबार

५ अर्ब २६ करोडमा संसद्को आफ्नै भवन

५ अर्ब २६ करोडमा संसद्को आफ्नै भवन


काठमाडौं, असोज १: सरकारले सिंहदरबारभित्र संघीय संसद्को भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ। देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारभित्र स्थित पुतली बगैंचामा संसद् भवन बन्न लागेको हो।

१५ वर्षअघि नै संसद्को भवन निर्माणको योजना अगाडि सारे पनि हाल आएर मात्र निर्माणको काम अगाडि बढेको हो। शहरी विकास तथा भवन निर्माण विभागले अन्तर्रा्ष्ट्रिय मापदण्डअनुसार भवनको डिजाइन गरेको छ।

आधुनिक र प्रविधिमैत्री संसद् भवन १ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा फैलिनेछ। ५ अर्ब २६ करोडमा निर्माण हुन लागेको संघीय संसद् भवन निर्माण भएपछि संसदीय समिति, संसदीय दलको कार्यालय, संसद् सचिवालय एउटै भवनबाट सञ्चालन हुनेछ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले तीन वर्ष्भित्र संघीय संसद् भवन निर्माणको काम सम्पन्न गर्ने गरी काम अगाडि बढाइने बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीेले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, १ आश्विन बुधबार  ७ : ५३ बजे

काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज साँझ समापन

काठमाडौँ । प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने अन्तर्राष्ट्रिय पर्व

नबिल बैंकको नाफामा उछाल : तीन महिनामै कमायो २ अर्ब ५५ करोड, वृद्धि ४५ प्रतिशत

काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो

मुख्यमन्त्री थापाद्वारा नेपाल–कोरिया मैत्री अस्पतालको आकस्मिक अनुगमन

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज,

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग