२०८३, १७ बैशाख शुक्रबार

काभ्रेबाट आठ घण्टापछि हेलिकप्टर उडे

काभ्रेबाट आठ घण्टापछि हेलिकप्टर उडे


काठमाडौं, ३१ भदौ : मौसम खराबीका कारण यहाँ अवतरण गरिएका चार हेलिकप्टर आठ घण्टापछि काठमाडौँका लागि उडेका छन् ।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ जोरपाटी र हर्सेमा आज बिहान आकस्मिक रुपमा अवतरण गरिएका हेलिकप्टर आठ घण्टापछि उडेका हुन् । लुक्लाबाट काठमाडौँका लागि उडेका हेलिकप्टर हर्से र जोरपाटीमा आज बिहान ८ बजे आकस्मिक रुपमा अवतरण गराइएको थियो ।

सिम्रिक एयरका दुई तथा मनाङ एयर र कैलाशको एयरको एक÷एक वटा हेलिकप्टरलाई आकस्मिक अवतरण गराइएको हो । सिम्रिक एयरको एउटा हेलिकप्टर यहाँबाट केही घण्टामै काठमाडौँका लागि उडे पनि मौसममा सुधार नआएपछि पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आकस्मिक अवतरण गरिएको थियो ।

यस्तै मौसम खराबीकै कारण पाँचखालको ढुङ्गानाबेँसीका अवतरण गरिएको हेलिकप्टर साँझ काठमाडौँका लागि उडेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : २०७६, ३१ भाद्र मंगलबार  ९ : १७ बजे

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले