२०८३, ८ कार्तिक आईतबार

एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे सचिवालयमा छलफल

एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे सचिवालयमा छलफल


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डाबारे छलफल गरेको छ । 

पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले केन्द्रीय समितिमा लैजाने एजेन्डाबारे मात्र छलफल भएको पार्टीका उपमहासचिव लेखराज भट्टले बताए । उनले भने, ‘बैठकले केन्द्रीय समितिमा हुने एजेन्डाका बारेमा छलफल गरेको छ । एजेण्डाहरुमा श्रद्धाञ्जली, अध्यक्षको मन्तव्य, मनोनित गर्ने केन्द्रीय सदस्यहरु त्यसपछि अध्यक्षको राजनीतिक प्रतिवेदनलगायतका विषयमा छलफल भयो ।’

यसैगरी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मन्तव्य र राजनीतिक प्रतिवेदन पेश गर्ने तथा छलफल गर्ने एजेन्डा रहेको छ । साथै विभिन्न कमिटीमा सदस्यहरु मनोनित गर्ने निर्णय भएको समेत भट्टले बताए । त्यस्तै बैठकले एमाले निर्वाचन समिक्षा तथा पार्टी पुनर्जागरणसम्बन्धी एकीकृत प्रतिवेदन पारित गरेको छ ।

प्रकाशित मिति : २०८३, ४ आश्विन सोमबार  १२ : ०९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना