२०८३, ५ आश्विन मंगलबार

काँग्रेस कार्यकर्तालाई गुट–उपगुटबाट एक ढिक्का हुन आग्राह : डा कोइराला

काँग्रेस कार्यकर्तालाई गुट–उपगुटबाट एक ढिक्का हुन आग्राह : डा कोइराला


हेटौँडा, २४ भदौ  नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसका शीर्ष नेता र कार्यकर्तालाई गुट–उपगुटबाट एक ढिक्का बनाई पार्टीलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यका साथ नेतृत्व तह अघि बढेको बताउनुभएको छ ।

महामन्त्री कोइरालाले प्रजातान्त्रिक समाज नेपालद्वारा आज हेटौँडामा आयोजित ‘मुलुकको भावि अर्थनीतिमा प्रजातान्त्रिक समाजवाद विषयक’ अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै काङ्ग्रेसले प्रजातन्त्रप्रति आस्था राख्ने सबै नागरिक र समूहलाई एकताबद्ध गरी मुलुकमा प्रजातन्त्रलाई बलियो र मानवअधिकारको प्रत्याभूतिलाई हस्तक्षेप हुन नदिने दृढता व्यक्त गर्नुभयो ।

उहाँले सत्तारुढ नेकपाको सरकार बहुमतको दम्भ र दलगत स्वार्थका कारण जनहितका लागि काम गर्न नसकेको बताउनुभयो । “जनतालाई गणतन्त्रप्रति घृणा फैलाउने काम सरकारको क्रियाकलापबाट भएको हो”, डा कोइरालाको आरोप थियो ।

मुलुकमा सुशासनका लागि सबै राजनीतिक दलसँग सरकारको संवादहिनताका कारण केन्द्रदेखि स्थानीय तहसम्म तीव्र रुपमा भ्रष्टाचार बढेको र स्थानीय तहका निर्वाचित पदाधिकारी जनसेवाको भावनाभन्दा भौतिक सुविधातर्फ आकर्षित भएकाले समस्याको निकास पाउन कठिनाइ भएको महामन्त्री कोइरालाले बताउनुभयो ।

प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले स्व बिपी कोइरालाले प्रतिपादन गर्नुभएको समाजवाद र राष्ट्रिय मेलमिलापको नीतिलाई सबै कार्यकर्ता शुभेच्छुुकले चिन्तन मनन् गर्न आवश्यक रहेको बताउनुभयो । काङ्ग्रेसले नेपालको संविधानको साथै राष्ट्रिय एकताको सम्वद्र्धन गर्न र पार्टीलाई एक ढिक्का बनाउन कार्यकर्ता नै ऊर्जाशील हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा अर्थविद् नारायण नरसिंह केसी, प्रजातान्त्रिक समाज नेपालका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसी, समाजका वरिष्ठ उपाध्यक्ष एवं राससका पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले र समाजका महासचिव गोकर्ण अर्यालले काङ्ग्रेसले बिपीले अवलम्वन गर्नुभएको समाजवादलाई आत्मसात गरी जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन प्रमुख प्रतिपक्ष दलको हैसियतले प्रतिनिधिसभामा सशक्त भूमिका निर्वाह गर्नुपर्ने तथा प्रजातन्त्रको सुदृढीकरणका लागि राष्ट्रवादी शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो ।

यसैबीच महामन्त्री कोइरालाले हेटौँडा उपमहानगरपालिका–५ स्थित रुद्रेश्वर मन्दिरको परिसरमा आज वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्नुभयो । सो परिसरमा कपुर, तेजपत्ता, शिशौ, पिपललगायत करीब २०० बिरुवा रोपण गरिएको थियो । सो अवसरमा प्रदेश नं ३ प्रजातान्त्रिक समाज नेपालका अध्यक्ष भरतप्रसाद दवाडीको अध्यक्षतामा १५ सदस्यीय प्रदेशस्तरीय समिति चयन गरिएको थियो ।  रासस

प्रकाशित मिति : २०७६, २४ भाद्र मंगलबार  १० : ३५ बजे

बसमा आगलागी : मृतकको पहिचान खोज्दै प्रहरी, आफन्त अझै सम्पर्कमा आएनन्

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका

मुगुमा आयोडिनयुक्त नुनको ढुवानी र भण्डारण

मुगु । मुगुको सदरमुकाम गमगढीमा स्थलमार्गबाट ल्याइएको आयोडिनयुक्त नुन गोदाममा

भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान

भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश 

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको