२०८२, ६ फाल्गुन बुधबार

सुरु भो कांग्रेसको गाउँ जागरण, बीपी जयन्तीमा रोपियो विरुवा

सुरु भो कांग्रेसको गाउँ जागरण, बीपी जयन्तीमा रोपियो विरुवा


नेपालथोक, दुम्जा २४ भदौ : नेपालको प्रजातान्त्रिक आन्दोलन निष्ठावान नेता स्वर्गीय बीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारी देशका विभिन्न भागमा नेपाली कांग्रेसले विरुवा रोप्दै दोस्रो जगारण अभियाको शुरुवात आजबाट गरेको छ । विशेश्वरप्रसाद कोइरालाको पूख्र्यौली जिल्ला सिन्धुलीको दुधौली र कमलामाईमा नेपाली कंग्रेसका कार्यकर्ताले बृक्षारोपण गरेका छन् ।

त्यस्तै जागरण अभियान सञ्चालन गर्ने क्रममा काभ्रेमा पनि विभिन्न कार्यक्रमका साथ वृक्षरोपण गर्दै यो अभियान सञ्चालन भएको छ । काभ्रे कांग्रेसले विपि कोइरालाको १०६ औ जन्म दिबसको अवसरमा काभ्रे प्रदेश सभा १ को ख मा बृक्षारोपण गरेर अभियानको शुरुवात गरेको सभापति रमेश हुमागाईले बताए । उनका अनुसार धुलिखेल नगरपालिकाकको वडा नं. १२ शंखुपाटीचौरमा १ सय ६ वटा बिरुवा रोपेर जागरण अभियानको शुरुवात गरिएको छ । अभियानको शुभारम्भ पार्टीका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले विरुवा रोपेर गरेका थिए ।

उता सिन्धुलीमा भने नेपाली कांग्रेस सिन्धुलीका नवगठित क्षेत्रीय समितिको आयोजनामा बृक्षारोपण गरिएको थियो । सदरमुकाम सिन्धुलीमाढीस्थित सिन्धुली बहुमुखी क्याम्पसको हाताभित्र अशोक, गुलमोर, बेल र खमारी जातका १०६ वटा बिरुवा नेपाली कांग्रेस सिन्धुलीका अगुवाले रोपेका छन् । कमलामाईमा कांग्रेसको गाउँ जागरण अभियानका केन्द्रीय प्रतिनिधि तीर्थ पोखरेलको नेतृत्वमा बृक्षारोपण सम्पन्न भएको कांग्रेस सभापति उज्ज्वल बरालले जानकारी दिनुए । नेपाली कांग्रेसको दोस्रो चरणको गाउँ जागरण अभियानसँगै बृक्षारोपण गरिएको हो ।

त्यस्तै, दुधौलीमा केन्द्रिय प्रतिनिधि शान्ति परियारको नेतृत्वमा प्रावि बटाहा परिसरमा गुलमोर, अशोक, अमला र तेजपातका १०६ वटै विरुवा रोपिएका छन् । नेपाली कांग्रेसका पाका नेता एवं पूर्वमन्त्री विपिन कोइरालाले बीपीले लोकतन्त्र र राष्ट्रियताका सन्दर्भमा अगाडि सारेका विचार आज पनि उत्तिकै सान्दर्भिक भएको बताएका थिए ।

काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं। १ मा पनि बृक्षरोपण गरेर जागरण अभियानको शुरुवात गरिएको छ । काभ्रे प्रतिनिधि सभा क्षेत्र नं.१ का सभापति तथा पूर्व सभासद तिर्थ लामाको उपस्थितिमा पार्टी कार्यालय परिसारमा बृक्षारोपण गरेर दोस्रो जागरण अभियानको शुरुवात गरेको हो ।

प्रकाशित मिति : २०७६, २४ भाद्र मंगलबार  १० : २३ बजे

धर्मेन्द्र बास्तोलाविरुद्ध सार्वजनिक शान्ति खलल मुद्दा दर्ता

काठमाडौँ । नेकपा बहुमतका प्रतिनिधिसभा सदस्य धर्मेन्द्र बास्तोला र विष्णुप्रसाद

ट्रिपरको ठक्करमा स्कुटर चालकको घटनास्थलमै मृत्यु, बनेपा तनावग्रस्त

काठमाडौँ । काभ्रेको बनेपा बजार, दूरसञ्चार नजिकै बुधबार बिहानै ट्रिपरले

“यज्ञबहादुर बोगटी : जसले अछामी जनताको जीवन बदलिदिए”

काठमाडौं । सुन्दर सुदूरपश्चिमको अछाम, जहाँ हरियाली छ तर भौतिक

काभ्रेमा कांग्रेसलाई झट्का : नमोबुद्ध-११ का दर्जनौँ कार्यकर्ता एमाले प्रवेश

बनेपा । नमोबुद्ध नगरपालिका वडा नं. ११ का दर्जनौँ नेपाली

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण