२०८३, १५ कार्तिक आईतबार

नेकपा प्रचार विभाग प्रमुख श्रेष्ठ र उपप्रमुख थापालाई जिम्मेवारी हस्तान्तरण

नेकपा प्रचार विभाग प्रमुख श्रेष्ठ र उपप्रमुख थापालाई जिम्मेवारी हस्तान्तरण


काठमाडौँ, १८ भदौ :  नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी प्रमुख नारायणकाजी श्रेष्ठ र उपप्रमुख सूर्य थापालाई हस्तान्तरण गरिएको छ ।

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा तत्कालीन नेकपा ९एमाले० का प्रचार प्रमुख योगेश भट्टराई र नेकपा ९माओवादी केन्द्र० का प्रचार प्रमुख पम्फा भुसालले प्रमुख र उपप्रमुखलाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यतिबेला स्वतन्त्रता र अनुशासन तथा लोकतन्त्रबीच सन्तुलित सम्बन्ध र व्यवहार गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले पार्टीको योजनाबद्ध प्रचार कार्य व्यवस्थित गर्नुपर्ने आवश्यक रहेको भन्दै नयाँ जिम्मेवारी सफलतासाथ बहन गर्न शुभकामनासमेत दिनुभएको उपप्रमुख थापाले जानकारी दिनुभयो ।

यसअघि स्कुल विभागको प्रमुखको जिम्मेवारी हस्तान्तरण गरिएको थियो । एमाले प्रचार विभाग प्रमुख भट्टराई र माओवादी केन्द्रका प्रचार प्रमुख भुसालले आफूहरुले प्रचार विभागमा रहँदा गरेका कामका बारेमा अनुभव सुनाउँदै नवगठित प्रचार विभागले पार्टीका गतिविधिलाई तीव्र बनाउनुपर्ने बताउनुभयो ।

प्रचार विभाग प्रमुख श्रेष्ठले विभागले पार्टीको योजनाबद्ध र सुव्यवस्थितरूपमा काम गर्ने बताउनुभयो । उपप्रमुख थापाले पार्टी नियमावली २०७५ ले विभागलाई प्रदान गरेको कार्य क्षेत्रको चर्चा गर्दै चाँडै नै विभागलाई पूर्णता दिइने जानकारी दिनुभयो । विभाग ३५ सदस्यीय रहने छ ।

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, स्थायी कमिटी सदस्यहरु युवराज ज्ञवाली, प्रदीप नेपाल, अग्नि सापकोटा, रघुजी पन्त, प्रेस सङ्गठन नेपालका इञ्चार्ज राजेन्द्र गौतम, सहइञ्चार्ज तथा संयोजक महेश्वर दाहाल र ओम शर्मा तथा सहसंयोजक गणेश बस्नेतलगायतले आ–आफ्ना सुझाव र शुभकामना दिनुभएको थियो । रासस

प्रकाशित मिति : २०७६, १८ भाद्र बुधबार  ११ : ०८ बजे

काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज साँझ समापन

काठमाडौँ । प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने अन्तर्राष्ट्रिय पर्व

नबिल बैंकको नाफामा उछाल : तीन महिनामै कमायो २ अर्ब ५५ करोड, वृद्धि ४५ प्रतिशत

काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो

मुख्यमन्त्री थापाद्वारा नेपाल–कोरिया मैत्री अस्पतालको आकस्मिक अनुगमन

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज,

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग