२०८३, ३० जेष्ठ आईतबार

प्रधानमन्त्री र मन्त्रीहरुबीच दोस्रो भिडियो कन्फरेन्स

प्रधानमन्त्री र मन्त्रीहरुबीच दोस्रो भिडियो कन्फरेन्स


काठमाडौँ, १७ भदौ : स्वास्थ्योपचारका क्रममा सिङ्गापुर रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सदस्यहरुबीच आज दोस्रो पटक भिडियो कन्फरेन्स (टेलिप्रिजेन्स) प्रविधिबाट छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले यसबीचमा भएका सरकारका कार्यप्रगतिबारे अन्य मन्त्रीहरुको उपस्थितिमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँग ब्रिफिङ लिएर आवश्यक निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले बताउनुभयो । यसअघि यही भदौ ९ गते पहिलो टेलिप्रिजेन्स छलफल भएको थियो तर यो मन्त्रिपरिषद्को औपचारिक बैठक भने होइन ।

प्रधानमन्त्री विदेशमा वा अनुपस्थित रहेका बेलामा पनि सूचना प्रविधिको प्रयोग गरी मन्त्रिपरिषद्का बैठक र छलफल गर्न सकिने कार्यविधि नेपाल सरकारले यसअघि पारित गरेको थियो । यही भदौ ५ गते उपचारका लागि त्यसतर्फ जानुभएका प्रधानमन्त्री ओलीको प्रत्यारोपण गरिएको मिर्गाैलासम्बन्धी एन्टिबडीको मात्रालाई शरीरबाट निस्काशन गरी निराकरणका लागि प्लाजा फेरेसिसको चक्र पूरा हुन लागेको उहाँको सचिवालयले जनाएको छ । उहाँको त्यहाँस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ । प्रधानमन्त्री ओली यही भदौ २० गते स्वदेश फर्कने पूर्वनिर्धारित कार्यक्रम छ ।

प्रकाशित मिति : २०७६, १७ भाद्र मंगलबार  ५ : ३३ बजे

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम