२०८३, ३० जेष्ठ आईतबार

चिनियाँ राष्ट्रपति सीको भ्रमण तय गर्न कुटनीतिक सक्रियता

चिनियाँ राष्ट्रपति सीको भ्रमण तय गर्न कुटनीतिक सक्रियता


काठमाडौं १७ भदौ  : चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमणका लागि दुवै पक्ष गृहकार्यमा जुटेका छन् । यद्यपि, असोज अन्तिम साता हुन सक्ने भनिएको भ्रमणबारे नेपाल र चीन दुवैले औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

राष्ट्रपति सी असोज अन्तिम साता भारत भ्रमणमा जाने तयारीमा छन् । नेपालले पनि उनी भारत जाँदा वा फर्किँदा उनको भ्रमण होस् भन्ने चाहना कूटनीतिक च्यानलमार्फत पठाइसकेको छ । चीनले सीको भ्रमण कूटनीतिक एजेन्डामा रहेको र नेपाल आउन यो वर्ष उपयुक्त हुने जवाफ पठाएको छ । दुवै पक्ष भ्रमणको गृहकार्यमा जुटेका छन् ।

‘राष्ट्रपति सीनिकट भविष्यमा आउने सम्भावनालाई नकार्न सकिँदैन,’ उच्च कूटनीतिक स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘अघिल्लो सातादेखि काठमाडौंमा चिनियाँ पक्षको सक्रियता पनि बढेको छ ।’ चिनियाँ राजदूत होउ यान्छीले सक्रियता बढाएकी छिन् ।

चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच २६ असोजमा भारतमा अनौपचारिक वार्ता हुँदै छ । ‘त्यसअघि वा पछि पारेर राष्ट्रपतिको भ्रमण गराउने प्रयास भएको छ । तर, यकिन भइसकेको छैन’ परराष्ट्र स्रोतले भन्यो ।

अघिल्लो साता पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न नेपाल आतुर रहेको प्रतिक्रिया दिएका थिए । ज्ञवालीलाई १८ असारमा परराष्ट्रमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले बेइजिङमा राष्ट्रपति सीको नेपाल भ्रमण चीनको कूटनीतिक एजेन्डामा रहेको र गृहकार्य गर्नुपर्ने बताएका थिए ।

चीनको दालियानमा १३औँ वल्र्ड इकोनोमिक फोरमको वार्षिक बैठक सकेर बेइजिङ पुगेका परराष्ट्रमन्त्री ज्ञवाली र वाङबीच आधाघन्टाको छलफलको मुख्य विषय नै सीको सम्भावित नेपाल भ्रमण थियो ।

‘उच्चस्तरीय भ्रमणप्रति हामी सकारात्मक छौँ । नेपालको चाहनाबारे हामी पूर्ण जानकार र सकारात्मक छौँ,’ चिनियाँ विदेशमन्त्री वाङले भनेका थिए । चिनियाँ मन्त्रीले दुवै पक्षबीच परामर्श जारी राखिने बताएको थियो । नयाँपत्रिका दैनिकमा समाचार छ ।

प्रकाशित मिति : २०७६, १७ भाद्र मंगलबार  ७ : २९ बजे

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम