२०८३, ३० आश्विन शनिबार

सञ्चारमन्त्री बास्कोटाले आलु खन्दै भने ‘भ्रष्टचारको हरेक दुलो खोज्ने छौँ’

सञ्चारमन्त्री बास्कोटाले आलु खन्दै भने ‘भ्रष्टचारको हरेक दुलो खोज्ने छौँ’


सुचना तथा सञ्चार, प्रविधि मन्त्री गोकुल बास्कोटाले भ्रष्टचार मुक्त समाज निर्माणमा वर्तमान सरकारले कुनै कसुर बाँकी नराख्ने बताएका छन् । राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा भएको भोली पल्ट काभ्रेको ढुर्खक भएको प्रथम काभ्रे आलु महोत्सवमा सहभागि भएका हुन हरेक दुलो खोतलेर भ्रष्टचारीलाई कारबाही गर्ने बताए । “जसरी आलु खन्दा, स साना चिचिला पनि टिपिन्छ, उनले भने “भ्रष्टचार उन्मूलन गर्न पनि सरकारले सबै किसिमको शक्ति प्रयोग गर्छ ।”

ढुंखर्कमा अालु खन्दै सञ्चार मन्त्री गाेकुल बास्काेटा

कृषकको खेतमा आलु खनेर महोत्सवको मन्त्री बोस्कोटाले उद्घाटन गरेका थिए । उनले तरकारीमा रहेको सिण्डिकेट पनि तोडेरै छाड्ने बताए । “तरकारीको सिण्डिकेटका बारे सरकार जानकार छ, उनले भने “मुलुकमा ब्यस्त रहेका सिण्डिकेट नतोडेसम्म समाजले काचुँली फेर्दैन् ।” उनले हावा पानी अनुकुल खेती गरेर मुलुकलाई आत्मनिर्भर बनाउने दाबी समेत गरे । चुनावको बेला गरेको अधिकांश बाचाहरु यो सरकारले पुरा गर्ने उल्लेख गर्दै मन्त्री बास्कोटाले अबको ५ वर्षपछि पनि कम्प्युनिष्टकै सरकार चाहियो भन्ने गरी काम बताए ।

भिडियाेमा हेराैँ मन्त्री बास्काेटाले खानेकाे अालु

https://www.youtube.com/watch?v=a9SfDtM8KWU

सरकारका प्रबक्ता समेत रहेका मन्त्री बास्कोटाले नाका बन्दी लगाउने छिमेकीहरु अहिले रेल र जल मार्ग बनाइ तत्पर रहेको भन्दै दलहरुको सहकार्यबाटै विकास निर्माण अघि बढ्ने बताए । “१९५० को सन्धी पुनरावलोकन गर्न र रेल मार्ग बनाउन छिमेकीहरु तयार भएर बसेका छन्, उनले भने “देशलाई सहि दिशामा अघि बढाएर विकास सम्भव छ भनेर देखाउने बाहेक यो सरकारसँग अरु कुनै विकल्प छैन् ।”

प्रकाशित मिति : २०७५, १९ जेष्ठ शनिबार  ७ : १२ बजे

चुनावमा श्रमिकको जयजयकार, सत्तामा पुगेपछि तिरस्कार

चुनावमा श्रमिकका अधिकारको नारा, सत्तामा पुगेपछि बेवास्ता; विदेशमा असुरक्षा, स्वदेशमा

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने शाहको घोषणा

साइबर अपराध नियन्त्रणमा एआई प्रयोग गर्ने योजना काठमाडौं । प्रधानमन्त्री

काभ्रेली युवाको उत्साह र मनोरञ्जन बोकेर आयो ‘काभ्रेली दादा’

काठमाडौं । काभ्रेली युवा र जिल्लाको पहिचानलाई नयाँ ढंगले प्रस्तुत

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

काठमाडौं । तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा