२०८३, १४ कार्तिक शनिबार

गल्ती स्वीकार गर्दै जनप्रतिनिधिसँग माफी मागे हार्डवेयर सञ्चालकले

गल्ती स्वीकार गर्दै जनप्रतिनिधिसँग माफी मागे हार्डवेयर सञ्चालकले


बनेपा । गत आइतबार बनेपा नगरपालिका वडा नं. ६ को बुडोल डाँडामा रहेको खानीखोला इन्टरप्राइजेज र स्थानीय नगरबासी बीचको विवादलाई समझदारीमा मिलाइएको छ । झडपमा नै उत्रिएका व्यवसायी सुधिर श्रेष्ठले नगरको सबै नियमको पालना गरी अभियानलाई साथ दिने प्रतिवद्धता जनाएपछि विवादलाई मिलापत्रमा टुंग्याइएको हो ।

उक्त इन्टप्राइजेजले आफ्नो हार्डवेयरका सामानबाट नगरले निर्देशित गरेको नियम विपरित फुटपाथलाई कब्जा जमाउँदै व्यवसाय सञ्चालन गरेकाले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिसँग विवाद बढेको थियो । नगरको अनुरोधलाई समेत सञ्चालक श्रेष्ठले अटेर गरेपछि नगरको अगुवाईमा सञ्चालित अभियानमा सहभागी स्थानीयबासी र सञ्चालक सुधिर श्रेष्ठका बीचमा मुक्कामुक्की नै चलेको थियो । खानीखोला इन्टरप्राइजेजका सञ्चालक श्रेष्ठले बनेपा नगरका जनप्रतिनिधिमाथि समेत दुव्र्यवहार गर्दैै खनिएपछि स्थानीय र श्रेष्ठबीच दोहोरो झडप हुँदा घाइते भएका एक स्थानीयलाई अस्पताल भर्ना गरिएको थियो ।

झडपपछि श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक मुद्दा दायर ग¥यो । तीन दिनसम्म श्रेष्ठलाई प्रहरी हिरासतमा राखियो । त्यसपछि श्रेष्ठले आफ्नो कमजोरीलाई स्वीकार गरे । निर्वाचित प्रतिनिधिहरुसँग माफी माग्दै नगरको नियमको पालना गर्न आफू प्रतिवद्ध रहेको व्यहोरामा सञ्चालक श्रेष्ठले हस्ताक्षर गरेपछि मिलापत्र गरिएको बनेपा नगर श्रोतले बताएको छ । उनले आफूबाट बनाइएको पक्की भवनको नक्शा पास, व्यवसायलाई नगरपालिकाको करको दायरामा ल्याउने र नगरको सबै अभियानमा आफू पनि सहभागी हुने प्रतिवद्धता जनाएका छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख, स्थानीय अगुवा र नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेको रोहवरमा मिलापत्र भएको थियो । श्रेष्ठद्वारा हातपात गरी घाइते बनाइएका एक स्थानीयको उपचार खर्च समेत उनै श्रेष्ठद्वारा व्यहोेरिने सहमति पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७४, २७ चैत्र मंगलबार  १० : ०५ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा