२०८२, ९ फाल्गुन शनिबार

काभ्रेका अधिकांश वडा सचिवले अझै छाडेनन् धुलिखेल

काभ्रेका अधिकांश वडा सचिवले अझै छाडेनन् धुलिखेल


स्थानीय तहको निर्वाचन भएको एक वर्ष पुग्नै लाग्दा पनि जिल्लाका धेरै वडा सचिवहरु सदरमुकाम छाडेर गाउँ बस्न गएका छैनन् । १० वर्षे शसस्त्र युद्धसँगै गाविसको कामकाज सदरमुकामबाट हुदँै आएको थियो । पहिलेका गाविसहरु अहिले वडामा परिणत भएका छन् । पहिले जे जति काम सदरमुकामबाट हुन्थ्यो अहिले पनि त्यस्तै छ । वडा सचिवहरु अड्डा जमाएर धुलिखेल, बनेपामामै बसेका छन् ।

सुगमका वडा सचिवहरु कार्यक्षेत्रमा रहेपछि दुर्गमका गाउँपालिकाका वडा सचिवको कार्यालय धुलिखेलबाट हटेको छैन् । महाभारत, खानीखोला, तेमाल, रोशी, भूम्लु, चौरी देउराली लगायतका गाउँपालिकाका वडा सचिवको कार्यालय धुलिखेलमा यथावत छन् । वडा सचिव गाउँ नबिसिदाँ सर्वसाधरण निर्वाचन अघि झै जन्म, मृत्यु, बसाई जस्ता घटना दर्ता र विकास योजना फरफारक गर्न समेत सदमुकाम नै आइरहेका छन् ।

पहिला सचिवहरुको निगरानी जिल्ला विकास समितिले गर्ने गरेको थियो । अहिले सम्बन्धित गाउँपालिकाका कार्यकारी अधिकृत मातहात रहेर काम गर्नु पर्ने हो । तर ती वडा सचिवहरुले वडाध्यक्षलाई समेत सदरमुकाममा बोलाएर कागजमा हस्ताक्षर गराउने गरेका छन् । वडाको विभिन्न योजना सम्झौताको काजगपत्र बोकेर आएका महाभारत गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेश कुमार लुङ्गेली पनि धुलिखेलमै भेटिएन् । उनी वडा सचिव शम्भु सोपकोटालाई भेट्न आएका थिए । उनी एक प्रतिनिधि पात्र मात्रै हुन् । धेरै वडाध्यक्ष सचिवलाई भेट्न सदरमुकाममै धाइरहेका छन् । सर्वसाधारण मात्रै होइनन् ।

वडा कार्यालयमा नबस्ने कर्मचारीको तलब रोक्का
दुर्गमका वडा सचिव सदरमुकाममै डेराजमाएर बस्दा स्थानीय तहको निर्वाचन भएको अनुभूति आम जनताले गर्न पाएकै छैनन् । “काम परेका बेला कुनै पनि वडा सचिव सम्बन्धित वडा कार्यालयमा नभेटिएको थुप्रै गुनासो आएपछि हामीले गाउँमै बसेर सेवा दिनु भनेर पटक पटक पत्र काट्यौँँ, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले भने, नमान्ने कर्मचारीको तीन महिनासम्मको सम्पूर्ण तलबभत्ता नै रोक्यौँ पनि, पछि काममा जानुभयो र तलब दियौँ, अहिले फेरी सदरमुकाममै बस्न थालेको गुनासो सुनेका छौँ ।”

वडा सचिवहरु दुई महिनामा एक पटक सम्बन्धित वडा कार्यालयमा पुग्ने र हाजिरी गर्ने गरेको पाइएको छ । वडा सचिव गाउँ नबस्दा सामान्य सिफासिरका लागि समेत खर्च गरेर सदरमुकाम आउनुपरेको खानीखोला गाउँपालिका वडा नम्बर ७ मिल्चेका वडाध्यक्ष क्षेत्रमान घ्याबाले बताए । “गाउँ बस्दिनोस भनेर कति भन्नु, भन्दा भन्दा हैरान भइसकियो, वडाध्यक्ष घ्याबाले भने “गाउँपालिकाको बैठकमा पनि बारम्बार कुरा उठाएका छौँ, तर समस्या जस्तोको तस्तै छ ।” वडा सचिवहरु हाजिरी कापी, वडा कार्यालयको छाप, लेटरप्याड, विभिन्न अनुसूचिको सम्पूर्ण फारम लिएर सदरमुकामै बसेका छन् । गाउँपालिकाले ती सम्पूर्ण सामग्री वडा कार्यालयलाई हस्तान्तरण गर्न ताकेता गरेपनि उनीहरुले मानिरहेका छैनन् ।

वडा सचिव गाउँ नजानुको कारण
हाल सदरमुकाममा रहेका वडा सचिवको कार्यालयको भाडा वडा कार्यालयले नतिरेको गाउँपालिकाका प्रमूखहरुले बताउने गरेका छन् । तर पनि सचिवहरु गाउँ जादैनन् । वडा सचिव गाउँ नबस्दा विकास योजना नै चौपट हुन थालेपछि गाउँ नजानुको कारण पहिचान गर्न गाउँपालिकाहरु जुटेका छन् । डाँडापारी क्षेत्रमा रहेका दुई वटा गाउँपालिकाका वडामा एक जना सचिवले दुई वटा वडा हेरिरहेको पाइएको छ । यसले गर्दा पनि वडा सचिवहरु गाउँ जना नमानेको हुन सक्ने महाभारत गाउँपालिकाका प्रमूख जिम्बा बताउँछन् ।

भौगोलिक कठिनाई र बढी सुविधाभोगी भएका कारण पनि वडा सचिव गाउँ बस्न नमानेको अधिकांश वडाध्यक्षहरुको ठम्याइ छ । वडा सचिवहरु पर्यटक आएर जसरी वडा कार्यालय पुग्ने गरेको वडाध्यक्षहरुको गुनासो छ । सबैभन्दा बढी समस्या तत्कालिन गाविस छुट्याएर नयाँ वडा बनाइएका ठाउँका वडाध्यक्षहरुलाई परेको छ । “कार्यालयको संरचनामा पनि नयाँ र कसरी ब्यवस्थित गराउने कर्मचारी पनि छैनन्, महाभारत ५ वडाध्यक्ष रबिन मोक्तानले भने “पहिलो जस्तै सदरमुकाम जानुपर्ने हो भने निर्वाचन भएको के अर्थ भयो र ?” महाभारतको ३ र खानी खानी खोला गाउँपालिकाको २ वटा तत्कालिन गाविसहरु छुट्याएर नयाँ वडा बनाइएका छन् । सेवाग्रहि बढी सहरमा बस्ने र सजिलोका लागि सदरमुकाममै आफुहरु बस्दै आएको एउटै तर्क धेरै वडा सचिवहरुको छ । एकै ब्यक्तिले दुई वटा वडा हेर्दा निकै समस्या हुने गरेको महाभारत वडा नम्बर ६ र ७ को वडा सचिवको जिम्मा पाएका शम्भु सापकोटाले बताए ।

प्रकाशित मिति : २०७४, १२ चैत्र सोमबार  १२ : ५६ बजे

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको

तेमालका हजार एमालेमा प्रवेश : अमित लामाद्वारा स्वागत

बनेपा। तेमाल गाउँपालिका-१ सस्र्यूखर्क लामागाउँका हजार सिं तामाङ नेकपा (एमाले)

सप्तरीमा एमाले झण्डा र उम्मेदवारको तस्वीर जलाएको भिडियो सार्वजनिक

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २, महदेवा गाउँपालिकाबाट प्रतिनिधिसभा सदस्य

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचन