२०८२, ६ फाल्गुन बुधबार

सांसद नवीना लामा भन्छिन् : विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा गरिनुहुन्न

सांसद नवीना लामा भन्छिन् : विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा गरिनुहुन्न


काठमाडौं २८ साउन : संसद्को शुन्य समयमा बोल्दै प्रतिनिधिसभाकी सांसद् नवीना लामाले त्रिभुवन विश्वविद्यालय लगायतबम विश्वविद्यालय पदाधिकारी चयन गर्दा राजनीतिक भागवण्डा नगरी प्राज्ञिक व्यक्तित्वलाई नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

राजनीतिक भागवण्डाले भन्दा पनि विधि र प्रक्रियाको आधारमा, खुल्ला प्रतिस्पर्धाको आधारमा विश्वविद्यालयका पदाधिकारी चयन गरियोस, उनले भनिन् (सक्षम निष्पक्ष र प्राज्ञिक व्यक्तित्वले विश्विद्यालयको गरिमालाई उच्च राख्नसक्ने व्यक्ति उपकुलपति र अन्य पदाधिकारी नियुक्त गरियोेस् ।’

अहिले आठ वटा विश्वविद्यालय नेतृत्वविहीन भएको बताउँदै उनले विश्व विद्यालयमा डरलाग्दो ढंगले मौलाएको विकृति र विसंगति अन्त्य गर्नसक्ने पदाधिकारी चयन गर्नु पर्नेमा जोड दिइन् । राजनीतिक भागवण्डामा हुने नियुक्तीले देशको गरिमामा नै आँच पु्र्याएको छ । यो देशको प्रतिष्ठासँग जोडिने कुरा हो ।

सांसद् लामाले ‘विश्व विद्यालयको परीक्षा, सम्बन्धन, शिक्षक कर्मचारी, समयमा स्ववियु निर्वाचा जस्ता विसंगति मौलाएको उनको धारणा थियो । विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा गरेर नियुक्ति गर्ने प्रथाले यतो हुने गरेको उनले बताएकी थिइन्

प्रकाशित मिति : २०७६, २९ श्रावण बुधबार  १२ : ०१ बजे

प्रश्नबाट भाग्दिन’ भन्ने गगनको चुनौती : अब परीक्षा राष्ट्रिय सभामा

काठमाडौं । गगन थापा ले राजनीतिक दलहरू प्रश्नबाट भाग्ने प्रवृत्तिको

धर्मेन्द्र बास्तोलाविरुद्ध सार्वजनिक शान्ति खलल मुद्दा दर्ता

काठमाडौँ । नेकपा बहुमतका प्रतिनिधिसभा सदस्य धर्मेन्द्र बास्तोला र विष्णुप्रसाद

ट्रिपरको ठक्करमा स्कुटर चालकको घटनास्थलमै मृत्यु, बनेपा तनावग्रस्त

काठमाडौँ । काभ्रेको बनेपा बजार, दूरसञ्चार नजिकै बुधबार बिहानै ट्रिपरले

“यज्ञबहादुर बोगटी : जसले अछामी जनताको जीवन बदलिदिए”

काठमाडौं । सुन्दर सुदूरपश्चिमको अछाम, जहाँ हरियाली छ तर भौतिक

काभ्रेमा कांग्रेसलाई झट्का : नमोबुद्ध-११ का दर्जनौँ कार्यकर्ता एमाले प्रवेश

बनेपा । नमोबुद्ध नगरपालिका वडा नं. ११ का दर्जनौँ नेपाली