२०८३, ३० जेष्ठ आईतबार

अबको दशक समृद्धि र विकासको : अध्यक्ष दाहाल

अबको दशक समृद्धि र विकासको : अध्यक्ष दाहाल


काठमाडौँ, २५ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दशक समृद्धि र विकासको दशक भएको बताउनुभएको छ ।ढिलै भए पनि पार्टी एकतालाई अन्तिम रुप दिने ठाउँमा आइपुगेको उल्लेख गर्दै अध्यक्ष दाहालले कम्युनिष्टको सरकार सबैका लागि अवसर भएको जिकिर गर्नुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ््घ नेपालद्वारा आयोजित चौँथो सामुदायिक वन दिवसलाई आज राजधानीमा सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “नेपाली जनताले शक्तिशाली सरकार बनाएका छन्, हामी असफल भयौँ भने नेपाल राष्ट्र असफल हुन्छ, राष्ट्र असफल भयो भने हामी सबैको आत्मसम्मान समाप्त हुने खतरा हुन्छ ।”

उहाँले सिंहदरबारको अधिकार स्थानीय तहमा लैजाने प्रणाली जनतालाई राहत दिनका लागि र सेवा प्रदान गर्नका लागि हो भन्नुभयो । सबैबाट कर उठाएर भार जनताको थाप्लोमा थोपर्ने उद्देश्य सरकारको नभएको उहाँको भनाइ थियो । सबै प्रगतिशील, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कामलाई अगाडि बढाउने अहिले राम्रो अवसर भएको उहाँले बताउनुभयो ।

वन पैदावरको वैज्ञानिक व्यवस्थापनका लागि अझ धेरै गर्न बाँकी रहेकाले आफूहरु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानअनुसारको निर्वाचन र त्यसअन्तर्गत ऐन नियमको निर्माणको प्रक्रियामा रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०७६, २५ श्रावण शनिबार  ७ : ३८ बजे

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा