२०८३, ३० जेष्ठ आईतबार

ओली र प्रचण्डको भेटवार्ता निष्कर्षविहीन, संगठन विभागमा सहमती भएन

ओली र प्रचण्डको भेटवार्ता निष्कर्षविहीन, संगठन विभागमा सहमती भएन


काठमाडौँ ६ साउन : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता बिना निष्कर्ष सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा संगठन विभागमा सहमति नभएपछि मंगलबार दिउँसो १ बजे बस्ने भनिएको नेकपाको सचिवालय बैठक समेत स्थगित भएको छ ।

नेकपामा पछिल्लो समय देखिएको स्कुल विभागको विवाद समाधानका लागि दुई अध्यक्षबीच सोमबार ३ घन्टा छलफल भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजेदेखि साँझ सात बजेसम्म ओली र प्रचण्डबीच छलफल भएको थियो । दुई अध्यक्षको छलफलमा महासचिव विष्णु पौडेल समेत सहभागी भएको जनाएको छ ।महासचिव पौडेलले भने आगामी बैठकबाट स्कुल विभागको दावी टुंगो लाग्ने बताउदै आएका छन् ।

उनले भने, ’दुई जनाले स्कुल विभागमा इच्छा देखाउनु भएको छ त्यो सचिवालय बैठकले टुंगो लगाउँछ ।’स्रोतका अनुसार आज पनि दुवै अध्यक्षले स्कुल विभागको दावी छाडेका छैनन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पूर्वएमालेका केही नेतासँग र अर्का अध्यक्ष प्रचण्डले पूर्वमाओवादीका नेतासँग अनौपचारिक छलफल गरेपछि दुई अध्यक्षबीच भेटवार्ता भएको थियो ।

नेकपामा स्कुल विभागको जिम्मेवारीका विषयमा चर्को विवाद भैरहेको छ । विभिन्न विभागको भागबण्डा गरेपनि स्कुल विभागका विषयमा दुई अध्यक्षबीच नै कुरा मिल्न सकेको छैन् ।

ओलीले स्कुल विभागमा सचिवालय सदस्य ईश्वर पोखरेललाई ल्याउन खोजेका छन् भने प्रचण्डले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशलाई स्कुल विभागको प्रमुख बनाउन लागि परेका छन् ।

बेलाबेलामा विवादीत अभिव्यक्ति दिने भएकाले पूर्वमाओवादी पक्ष पोखरेललाई स्वीकार नगर्ने अवस्थामा पुगेको छ । पूर्वएमालेका नेताहरु समेत पोखरेललाई स्कुल विभागको जिम्मेवारी दिन नहुने पक्षमा छन् ।

प्रकाशित मिति : २०७६, ६ श्रावण सोमबार  ९ : ४४ बजे

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा