२०८३, १४ कार्तिक शनिबार

बनेपामा नयाँ समितिका गाडीलाई बाटो छेके पुराना समितिका मालिकहरुले

बनेपामा नयाँ समितिका गाडीलाई बाटो छेके पुराना समितिका मालिकहरुले


बनेपा । काठमाडौँ बनेपा रूटमा आजदेखि सञ्चालनमा आएको नयाँ समितिको बसलाई बनेपामा अबरोध सिर्जना गरिएको छ । काभ्रे बस र काभ्रे मिनिबस सेवा समितिको दादागीरी र सिन्डीकेट रहेको यस रूपमा मयुर यातायात प्रा।लिले वाइफाई सुविधा सहितको नयाँ बस संचालनमा ल्याएपछि उनीहरुले बाटो छेक्ने प्रयास गरेका हुन् ।

मयूर यातायात प्रालिले आजबाट बनेपा काठमाडौं चक्रपथ परिक्रमा ग र्ने गरी बस सेवा सुरु गरेको छ । नया समितिको बस कोटेश्वर–लोकन्थली ,कौशलटार, गठ्ठाघर,सल्लाघारी, सूर्यविनायक,जगाती, साँगा, बनेपा हुँदै सोही सडक फिर्ता हुने गरी रुट तय गरेको छ । प्रालीले यातायात व्यवस्था विभागको अनुमति पत्र नं ११०६ समेत बसको अगाडी भागमै उल्लेख गरेको छ ।

फोटो : गोविन्द उप्रेतीको फेसबुक वालबाट

यस रुटमा दादागीरी देखाउदै थोत्रा बस संचालन गदै आएका काभ्रे बस र काभ्रे मिनिबस सेवा समितिका पदाधिकारीहरुले बनेपाको चारदोबाटोमा जम्मा भई नयाँ सुविधा सम्पन्न गाडीलाई रोक्ने र यात्रुहरुलाई चड्न नदिने कार्य गरेका थिए। तर  काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समाजसेवी कृष्णगोपाल भैलले मयुर बसको स्वागतमा फेसबुक बाटै स्वागत गरेको छ ।

उनले आफ्नो फेसबुक वालमा लेखेका छन ‘स्वागत गरौं सम्पूर्ण बनेपा बासीका तर्फबाट, काभ्रेको बनेपाबासीहरुलाई खुशिको खबर । आजबाट मयुर यातायातको काठमाडौको चक्रपथ परिक्रमा गर्दै बनेपासम्म नयां बस सेवा शुरु भयो ।’ स्मरण रहोस काभ्रे बस र काभ्रे मिनिबस सेवा समितिका दर्जनौं बसहरु २० वर्ष पुराना थोत्रा रहेका छन् ।

बाटो छेक्न पुरानो समितिका पदाधिकारीहरु

सरकारले यस्ता सवारी साधन चैत १ गतेदेखी सञ्चालनमा आए तत्कालै जफत गरि लिलाम गर्ने बताईएको छ । यस समितिको चालक र सहचालकमा अनुशासन रत्तिभर पनि देखिदैन। यो समितिले संकटको बेला पनि यातायातको सुविधा दिएको कुरा बिर्सनु हुँदैन। तर यसको मतलब पुरानो र थोत्रो नै गाडी चढी रहनु पर्छ भन्ने छैन। सडक कुनै अमुख समितिको पेवा होइनन्। त्यसैले प्रतिस्पर्धा गर्न सबैले पाउनु पर्छ।

प्रकाशित मिति : २०७४, १ चैत्र बिहीबार  १० : ३२ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा