२०८३, ६ आश्विन बुधबार

त्रिभुवन विश्वविद्यालयमा विकृति : घूस लिँदै प्रमाणपत्र दिँदै

त्रिभुवन विश्वविद्यालयमा विकृति : घूस लिँदै प्रमाणपत्र दिँदै


काठमाडौं, २४ असार : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय(पनिका) बल्खुका अधिकृत रामबहादुर कर्माचार्यले परीक्षामा अनुत्तीर्ण परीक्षार्थीलाई घूस लिएर उत्तीर्ण भएको प्रमाणपत्र दिएको पाइएको छ। घूस लिई परीक्षा नतिजा फेरबदल गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्माचार्यविरुद्ध सोमबार मुद्दा चलाएको समाचार कान्तिपुर दैनिकमा छ।

उनीसहित भक्तपुर क्याम्पस दूधपाटीका शिक्षण सहायक सुरेन्द्रप्रसाद कोइराला र अर्का एक परिक्षार्थी केदार भट्टराईविरुद्ध पनि मुद्दा परेको छ। कोइरालाले पनिकाबाट मानविकी संकायका तीन विषयमा नम्बर थप्न लगाएर प्रमाणपत्र लिएका थिए। उनी अधिवक्ता पनि हुन्। परीक्षाको परिणाम फेरबदल गर्न कर्माचार्य र कोइरालाबीच चार लाख ५० हजार रुपैयाँ लेनदेन भएको पाइएको छ। कर्माचार्य पनिका गोप्य शाखाका मानविकी संकायका अधिकृत हुन्।

उनको स्नातकोत्तर मानविकी संकायको अर्थशास्त्र, ग्रामीण विकास र सामाजिक शास्त्र विषयको परीक्षाफल प्रकाशनमा नम्बर थपिएको हो। ‘अर्थशास्त्रमा गोल्ड मेडल ल्याउने ृद्देश्यले अरु परीक्षार्थीको भन्दा बढी नम्बर ल्याउन अनुचित ढंगले नम्बर थपेको पाइयो’, अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, ‘त्यस्ता व्यक्तिलाई २०१९ को विश्वविद्यालयको दीक्षान्त हुँदा प्रथमको हकदार बनाइएको भेटियो।

प्रकाशित मिति : २०७६, २४ असार मंगलबार  ६ : ३५ बजे

इरानी नाकाबाट ऊर्जा निर्भरता हटाउन आईएमईसी आवश्यक : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर (आईएमईसी)

प्रतिनिधिसभा बैठक बस्दै, ४ विधेयक कार्यसूचीमा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ।

रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४५१ पुग्यो, ५ हजार ७०५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४५१

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३९६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३९६ वटा सवारीसाधनका

राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू