२०८३, ५ आश्विन मंगलबार

कल वाइपास गर्ने १६७ जनाविरुद्ध मुद्दा

कल वाइपास गर्ने १६७ जनाविरुद्ध मुद्दा


काठमाडौँ, १७ जेठ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले मुलुकका विभिन्न क्षेत्रमा कल वाइपास गरेर राजश्व छली गर्दै आएका १६७ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । ब्यूरो स्थापनापछि गरिएको खोजी अभियानका क्रममा पक्राउ परेका उनीहरुबाट रु ११ अर्ब ९१ करोड बिगोसहितको माग दाबी गरी मुद्दा चलाइएको ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।

सो अवधिमा ब्यूरोले विभिन्न १०८ स्थानमा कारवाही गरी नेपाली १३० र विदेशी ३७ जनालाई पक्राउ गरेको रेग्मीले बताउनुभयो । उनीहरु विरुद्धको कारवाहीमा कल वाइपासमा प्रयोग हुने दुई हजार ३७५ आधुनिक उपकरणहरुसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पछिल्लो पटक काठमाडौँबाट खटिएको ब्यूरोको टोलीले यही जेठ १५ गते रुपन्देही, सिद्धार्थनगर नगरपालिका–३ काटागाउँबाट भारतको महराजगञ्ज थाना नौतनवा ग्राम सोनौली घर भएका २६ वर्षीय खुर्सेद अन्सारीलाई पक्राउ गर्न सफल भएको छ । उनको कोठामा खानतलासी गर्दा ल्यापटप, एरियल, कल वाइपास गर्न प्रयोग गरिने डिभाइस, केवल तार सिम पोट, भारतीय सिमसमेत बरामद गरिएको छ ।

उनीविरुद्ध दूरसञ्चार ऐन, २०५३ अन्तर्गत जिल्ला अदालत रुपन्देहीबाट म्याद लिई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । कल बाइपासमा विदेशीहरु समेत सक्रिय हुने गरेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २०७६, १७ जेष्ठ शुक्रबार  ६ : ४२ बजे

त्रिपुरेश्वर बसकाण्ड : आगलागीमा घाइते चालकको मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालकको

प्रधानमन्त्री शाह आज अमेरिका जाँदै, २४ सेप्टेम्बरमा यूएन महासभालाई सम्बोधन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने : मुख्यमन्त्री किरण थापा

भक्तपुर, ५ असोज : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक घाइते

काठमाडौं । त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि बसमा आगलागी हुँदा

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको