२०८३, ३ असार बिहीबार

काठमाडाैंमा भूमिगत पानीकाे भण्डार रित्तिँदै

काठमाडाैंमा भूमिगत पानीकाे भण्डार रित्तिँदै


काठमाडौं, फागुन २९ : काठमाडौं उपत्यकावरिपरि ठूला नदीनाला छैनन् । पानीको स्रोत कुण्ड र पोखरी पनि धेरै छैनन् । उपत्यकावासीले पानी उपभोग गर्ने भनेकै भूमिगत सतहको हो । लामो समयदेखि काठमाडौ‌ं उपत्यकामा जमिनमुनिको पानी अत्यधिक रूपमा निकाल्न थालेपछि पानीको सतह तीव्र रूपमा घट्दै गएको छ । जमिनमुनि पानीको भण्डार रित्तिने र थप पानी रिचार्ज हुन (ग्राउन्ड वाटर रिचार्ज) कम हुँदै जान थालेपछि उपत्यका जुनसुकै वेला भासिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

भूमिगत जलस्रोत विकास समितिले विगत नौ वर्षदेखि उपत्यकाका विभिन्न २९ ठाउँमा डिप ट्युबवेल राखेर गरेको अध्ययनबाट हरेक वर्ष पानीको सतह घट्दै गएको देखिएको छ ।

बढ्दो जनसंख्या र तीव्र रूपमा विस्तार भएको सहरीकरणले पनि भूमिगत सतहबाट पानी दोहन भइरहेको छ । आवास भवन, उद्योग, कलकारखाना, सडकलगायत भौतिक संरचना वातावरणमैत्री नहुँदा जमिनमुनि रिचार्ज हुन समस्या भइरहेको भूमिगत जलस्रोत विकास समितिको भनाइ छ ।

उपत्यकाबाहिर जमिनमुनिको पानीमा समस्या छैन
काठमाडौं उपत्यकामा जमिनमुनिको पानीको दोहन अत्यधिक भए पनि उपत्यकाबाहिर भने त्यस्तो समस्या देखिएको छैन । ‘हामीले उपत्यकाबाहिरका केही ठाउँमा डिप ट्युबवेल राखेर जमिनमुनि पानीको अध्ययन गरिरहेका छौँ,’ पोखरेलले भने, ‘तर, उपत्यकाबाहिरका कुनै पनि ठाउँमा जमिनमुनि पानीको सतह घटेको छैन ।’

उपत्यकाबाहिर जमिनमुनि पानी रिचार्ज हुँदा उल्टै भारतको बिहार, उत्तर प्रदेशलगायत क्षेत्रमा राहत पुग्ने गरेको पोखरेलको भनाइ छ । भूमिगत जलस्रोत विकास समितिले ०६६ पुस महिनादेखि उपत्यकाका विभिन्न २० क्षेत्रमा डिप ट्युबवेल राखेर अध्ययन सुरु गरेको थियो । आवश्यकताअनुसार डिप ट्युबवेल थप्दै गएपछि अहिले २९ क्षेत्रमा राखेर जमिनमुनि पानीको अध्ययन भइरहेको छ । याे समाचार वीरेन्द्र अ‍ोली र सुवाष भट्टले नयाँ पत्रिकामा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, २९ फाल्गुन बुधबार  ७ : २१ बजे

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित