२०८३, १२ भाद्र शनिबार

‘विभेदको अन्त्य गर्न संस्कार बदल्नुपर्छ’ : मुख्यमन्त्री पोखरेल

‘विभेदको अन्त्य गर्न संस्कार बदल्नुपर्छ’ : मुख्यमन्त्री पोखरेल


रुपन्देही, २४ फागुन : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विभेदको अन्त्यका लागि महिलाले पुरानो संस्कार र सोच बदल्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर अखिल नेपाल महिला सङ्घ र अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले आज बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले धर्मका नाममा पुराना कथा र कहानीको विश्वासले गर्दा विभेद यथावत् रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पितृसत्ताले सिर्जना गरेका कुरामा सबैभन्दा बढी महिलाले विश्वास गर्छन्, जसको जगमा पितृसत्ता छ ।”

कार्यक्रममा नेकपाका नेता तथा प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले श्रमिकलाई अधिकारविहीन बनाएर मुलुक समृद्ध बन्न नसक्ने धारणा राख्नुभयो । उहाँले सबै किसिमका विभेद अन्त्य भएको समाजनै आजको आवश्यकता भएको बताउनुभयो ।

नेकपाका जिल्ला अध्यक्ष गोपाल भट्टराईले श्रमिकको समान अधिकार स्थापित गर्नु सरकारको दायित्व भएको बताउनुभयो । अगुवा महिला नेत्री मैया भट्टराई, सावित्रा अर्याल, जानकी न्यौपाने, लक्ष्मी कोइरालालगायतले महिलाको योगदानकै कारण देशमा राजनीतिक परिवर्तन सम्भव भएकाले महिला समानता र अधिकारको रक्षाका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २४ फाल्गुन शुक्रबार  ६ : २४ बजे

५० लाखमुनि लक्जरी ईभी ! स्काईवेलको मूल्य सुनेर नाडा अटो शोका दर्शक चकित

काठमाडौं । नाडा अटो शो २०२६ मा एउटा ईभीले आफ्नो

भेटिएका ४८९ शवमध्ये ३९३ अझै बेवारिसे, पहिचानको पर्खाइमा आफन्त

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि

केरुङ पहिरो : जोखिमबीच चिनियाँ उद्धार टोली प्रभावित क्षेत्रमा, खोजी तीव्र

काठमाडौं । चीन–नेपाल सीमा क्षेत्रमा पर्ने केरुङमा गएको भीषण पहिरोपछि

बाढीपहिरो पीडितका लागि एमालेको २० लाख सहयोग, स्वयंसेवक पनि परिचालन

काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेकपा

गण्डकी सरकारको बाढीपीडितलाई ४ करोड सहयोग

काठमाडौं । गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार