२०८३, २८ श्रावण शुक्रबार

सहिदको सम्मानमा आज सार्वजनिक बिदा

सहिदको सम्मानमा आज सार्वजनिक बिदा



सप्तरी , फागुन २३ : सप्तरीको मलेठ घटनामा शहीद हुनेहरुको सम्मानमा राजविराज नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने भएको छ। राजविराज नगरप्रमुख शम्भुप्रसाद यादवको अध्यक्षतामा हिजो (बुधबार) बसेको नगर कार्यसमितिको बैठकले शहीदको सम्मानमा बिदा दिने निर्णय गरेको हो।

तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, सप्तरीको आह्वानमा तत्कालीन नेकपा (एमाले) को मेची महाकाली अभियान बिथोल्न उत्रिएका प्रदर्शनकारीसँग २०७३ साल फागुन २३ गते मलेठमा भएको झडपमा सुरक्षाकर्मीको गोलीबाट ज्यान गुमाएका पाँच जना शहीदको स्मृति एवं सम्मानमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाले विज्ञप्ति जारी गरी शहीदको सम्झनामा दिइएको सार्वजनिक बिदाको निर्णयमा सहयोग गर्न मातहतका सम्पूर्ण कार्यालय र शिक्षण सङ्घसंस्थालाई अनुरोध गरेको छ। मलेठ घटनाको दुई वर्ष पूरा भएको दिन शहीदको सम्मानमा हुने स्मृति सभालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका साथै मधेश केन्द्रित दलका शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम रहेको राजपा–फोरमको संयुक्त समितिले जनाएको छ।

प्रकाशित मिति : २०७५, २३ फाल्गुन बिहीबार  ७ : १९ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व