२०८३, १९ आश्विन मंगलबार

वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने

वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने


धनुषा, २० फागुन : वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने भएको छ । सरकारको रेल खरीद प्रक्रिया अन्तिम चरणमा पु¥याएकाले सरकारले जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न लागेको बताइएको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल खरीद प्रक्रिया अन्तिम चरणमा रहेकाले आगामी वैशाखबाट जनकपुर जयनगर रेल सञ्चालनमा आउने बताउनुभयो । यस अघि चालू आर्थिक वर्षको मङ्सिरदेखि जनकपुरको कुर्थाबाट भारतको जयनगरसम्म रेल सञ्चालन हुने भनिएपनि ट्रयाक निर्माणलगायतका काम सम्पन्न नभएकाले निर्धारित समयमा रेल सेवा सञ्चालन हुन सकेको थिएन ।

उहाँले भन्नुभयो, “अहिले सबै निर्माणका कार्य अन्तिम चरणमा रहेको हुँदा कुर्थादेखि जयनगरसम्मको ३५ किलोमिटरमा रेल गुड्नेछ ।” उहाँले रेलले एक घण्टाको समयमा जयनगर–कुर्थाको दूरी पार गर्ने बताउनुभयो । पाँच सय यात्रु बोक्ने रेलले दैनिक सो स्थानमा सेवा दिने मिश्रले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २० फाल्गुन सोमबार  ९ : ०५ बजे

डलर १५४ रुपैयाँ नाघ्यो, पाउन्ड २०४ नजिक

काठमाडौं । नेपाली रुपैयाँको तुलनामा प्रमुख विदेशी मुद्राको विनिमय दर

कांग्रेस महाधिवेशन : मतदाता संख्या ७ हजार ११४

काठमाडौंं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ केन्द्रीय महाधिवेशनका

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि