२०८२, ४ माघ आईतबार

दार्चुला–तिंकर सडकखण्ड : प्रहरीलाई छल्न खोज्दा जीप दुर्घटना

दार्चुला–तिंकर सडकखण्ड : प्रहरीलाई छल्न खोज्दा जीप दुर्घटना


दार्चुला, फागुन १९ :  दार्चुलाको सदरमुकाम खलंगादेखि सात किलोमिटर उत्ततर्फ तिंकर जोड्ने सडकमा पर्ने राताकाठा भीरमा प्रहरीको अनुमतिबिना गाडी गुडाउन पाइदैन् । सदरमुकामदेखि दुहुँ गाउँपालिकातर्फ जाने यात्रुले दुईपटक गाडी फेर्नुपर्छ ।

सदरमुकाम खलंगादेखि सात किलोमिटरको दूरी तय गर्न एउठा जिप प्रयोग गर्नुपर्छ भने राताकाठा भीरमा हिँडेर भीर छिचोलेपछि पारिपट्टी फेरि अर्को जीप चढेर मात्रै गन्तव्य पुग्न सकिन्छ । दार्चुला–तिंकर सडकखण्डको राताका भीरमा एकतर्फी माात्रै एकपटक सानो गाडी गुड्न मिल्छ । तर अर्कोतर्फबाट गाडी आए फर्किनुपर्ने हुन्छ ।

भीरमा करिब आधा किलोमिटर लामो सडकको ट्रयाक खोलिएको छ । अग्लो भीरका कारण ‘डबल कटिङ’ नहुँदा गाडी एकतर्फी मात्रै चलाउन मिल्छ । वर्षौदेखि सो भीरमा प्रहरीको अनुमति लिएर मात्र गाडी चलाइँदै आएको हुन्छ । भीरको वारिपट्टी र पारिपट्टी प्रहरी तैनाथ हुन्छन् । एम्बुलेन्स र इमर्जेन्सीमा सवारी सधानले राताकाठा भीर पार गर्नुपर्दा प्रहरीको अनुमति लिनैपर्ने अवस्था छ । दिनभर भीरमा प्रहरी तैनाथ हुन्छ । यो समाचार पुष्पराज जोशी र प्रेम चुनाराले नागरिक दैनिकमा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, १९ फाल्गुन आईतबार  ७ : ४८ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ