२०८३, ३० जेष्ठ आईतबार

शहीदको बाटोमा हिँड्ने गृहमन्त्रीको प्रतिबद्धता

शहीदको बाटोमा हिँड्ने गृहमन्त्रीको प्रतिबद्धता


काठमाडौँ, १४ फागुन: गृहमन्त्री रामबहादुर थापाले शहीदले देखाएको बाटोमा प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ । जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा आज यहाँ आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपालको इतिहासमा राजनीतिक, सामाजिक परिवर्तनका निम्ति नेपाली सपूतले असाधारण बलिदान गर्नुभएको छ, परिवर्तनका लागि दशौँ हजारको बलिदान भएको छ, हजारौँ बेपत्ता तथा घाइते हुनुहुन्छ, शहीदको चाहना पूरा गर्न प्रतिबद्ध छौँ ।”

नेपालको इतिहासमा राजनीतिक, सामाजिक परिवर्तनका लागि नेपाली जनताले निरन्तर सङ्घर्ष गर्दै आएको स्मरण गर्दै गृहमन्त्री थापाले जनसङ्घर्षको उच्चतम् अभिव्यक्तिका रुपमा दशवर्षे जनयुद्ध भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनयुद्धमा दलित र महिलाको विशेष योगदान रहेको छ, कालीकोटको प्रहरी चौकी महिलाले कब्जा गर्नुभएको थियो, जनयुद्धमा पहिलो शहीद दलित समुदायबाटै हुनुभएको छ ।”

नेपाल एकीकरणदेखि जनयुद्धसम्म ‘गोरखा’ जिल्लाले ऐतिहासिक भूमिका खेलेको उल्लेख गर्दै उहाँले सामन्तवादको अन्त्य गर्दै जनताको गणतन्त्र स्थापना गर्ने आन्दोलनको शुरुआतसमेत सोही जिल्लाबाट भएको बताउनुभयो । कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चाका संयोजक तिलक परियारले दलित मुक्ति आन्दोलनका विरासतका रुपमा ‘जनयुद्ध’ भएको उल्लेख गर्दै प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप अधिकारका लागि एकताबद्ध भएर अघि बढ्नुको कुनै विकल्प नरहेको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १४ फाल्गुन मंगलबार  ६ : ४६ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क