२०८३, १२ भाद्र शनिबार

नेकपा सचिवालय बैठक सोमबार

नेकपा सचिवालय बैठक सोमबार


काठमाडौँ, २० माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक सोमबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान १० बजेका लागि बैठक बोलाइएको हो । सचिवालय बैठक लामो समयपछि बस्न लागेको हो । बैठकमा समसामयिक विषय र पार्टी एकताका बाँकी कामका विषयमा छलफल हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।

पार्टी एकताका विषयमा बाँकी विषय टुङ्ग्याउनका लागि ठोस सुझाव दिन गठित कार्यदलले प्रतिवेदन तयार पार्ने क्रममा रहेको सन्दर्भमा बैठक बोलाइएको हो । गत पुस १२ गते सम्पन्न स्थायी समितिको बैठकले पार्टी एकताका विषयमा बाँकी काम टुङ्गो लगाउन नौ सदस्यीय कार्यदल बनाएको थियो । सो कार्यदलले केही विषयमा सहमति गरे पनि केही विषय भने सहमति जुटाउन बाँकी छ ।
-रासस

प्रकाशित मिति : २०७५, २० माघ आईतबार  ९ : ०२ बजे

५० लाखमुनि लक्जरी ईभी ! स्काईवेलको मूल्य सुनेर नाडा अटो शोका दर्शक चकित

काठमाडौं । नाडा अटो शो २०२६ मा एउटा ईभीले आफ्नो

भेटिएका ४८९ शवमध्ये ३९३ अझै बेवारिसे, पहिचानको पर्खाइमा आफन्त

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि

केरुङ पहिरो : जोखिमबीच चिनियाँ उद्धार टोली प्रभावित क्षेत्रमा, खोजी तीव्र

काठमाडौं । चीन–नेपाल सीमा क्षेत्रमा पर्ने केरुङमा गएको भीषण पहिरोपछि

बाढीपहिरो पीडितका लागि एमालेको २० लाख सहयोग, स्वयंसेवक पनि परिचालन

काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेकपा

गण्डकी सरकारको बाढीपीडितलाई ४ करोड सहयोग

काठमाडौं । गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार