२०८३, १२ भाद्र शनिबार

कृषि र पर्यटनको क्षेत्रबाट समृद्धिको लडाइँ : मन्त्री लामा

कृषि र पर्यटनको क्षेत्रबाट समृद्धिको लडाइँ : मन्त्री लामा


भरतपुर, ६ माघ : प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले कृषि र पर्यटनको क्षेत्रबाट समृद्धिको लडाइँ लड्नुपर्ने बताउनुभएको छ । चितवनको खैरहनीमा जारी छैठौँ खिचरा महोत्सवमा भएको कृषि प्रदर्शनीमा उत्कृष्ट भएका कृषकलाई पुरस्कार वितरण कार्यक्रममा मन्त्री लामाले कृषि क्षेत्रबाट उत्पादनमुखी बन्नुपर्ने बताउनुभयो ।

मन्त्री लामाले नेपालमा कृषि र पर्यटनको माध्यमबाट रोजगारी र उत्पादनमुखी काम गरेर आत्मनिर्भर बन्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । “चितवनको पहाडी क्षेत्रमा धेरै किसिमको फलफूल उत्पादन गर्न सकिन्छ”, मन्त्री लामाले भन्नुभयो, “त्यसतर्फ कृषि मन्त्रालयको ध्यान केन्द्रित भएको छ ।” उहाँले पहाडी क्षेत्रको माटो परीक्षण गरी माटो अनुकूल खेती गर्न किसानलाई प्रोत्साहन गरिने बताउनुभयो ।

उहाँले खैरहनीमा थारू जातिको सङ्ग्रहालय निर्माणका लागि प्रदेशबाट ५० लाख रुपैयाँ विनियोजन गरिएको र थप रकम आवश्यक परे प्रदेशबाट सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ माघ आईतबार  ७ : ३६ बजे

अग्रजको विरासत र सिन्धुलीमा नयाँ महिला नेतृत्व

समुदायको विकास, सामाजिक परिवर्तन र जनताको अधिकारका लागि नेतृत्वको प्रश्न

५० लाखमुनि लक्जरी ईभी ! स्काईवेलको मूल्य सुनेर नाडा अटो शोका दर्शक चकित

काठमाडौं । नाडा अटो शो २०२६ मा एउटा ईभीले आफ्नो

भेटिएका ४८९ शवमध्ये ३९३ अझै बेवारिसे, पहिचानको पर्खाइमा आफन्त

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि

केरुङ पहिरो : जोखिमबीच चिनियाँ उद्धार टोली प्रभावित क्षेत्रमा, खोजी तीव्र

काठमाडौं । चीन–नेपाल सीमा क्षेत्रमा पर्ने केरुङमा गएको भीषण पहिरोपछि

बाढीपहिरो पीडितका लागि एमालेको २० लाख सहयोग, स्वयंसेवक पनि परिचालन

काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेकपा