२०८२, ७ फाल्गुन बिहीबार

देशैभरि मदन भण्डारी जन्मिएका छन् : नेता खनाल

देशैभरि मदन भण्डारी जन्मिएका छन् : नेता खनाल


काठमाडौँ, ४ माघ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदनकुमार भण्डारीका हत्यारा हालसम्म पत्ता नलागे पनि उहाँका विचार दशैभरि फैलिएको बताउनुभएको छ । भण्डारीको राजनीतिक जीवनीमा आधारित ‘बर्बरिक’ नाटक आज हेरेपछि उहाँले घटनाका दोषी हालसम्म पत्ता नलागेकामा चिन्ता व्यक्त गर्नुभयो । नेता खनालले भन्नुभयो, “वर्ग सङ्घर्ष तीव्र भएको समयको त्यो घटना गम्भीर र दुःखद् हो तर हामीहरु निराश हुनुपर्ने अवस्था छैन । अरू देशको पूर्व, पश्चिम, उत्तर र दक्षिण कैयौँ बर्बरिक जन्मिएका छन् । राजनीतिक परिवर्तनसँगै हामीले आशा गर्ने ठाउँ छ ।”

लेखक प्रदीप नेपालको उपन्यास ‘बर्बरिक’लाई नाट्य रुपान्तरण गरिएको र हाल कुञ्ज थिएटर, काठमाडौँमा प्रदर्शित सो नाटकमा भण्डारीको मृत्युको अन्तिम दुखान्त दृश्य प्रदर्शन भइरहेको छ । तत्कालीन नेकपा (एमाले)का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । नेता भण्डारीको अगुवाइमा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ विचारले कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिकीकरण गराएको थियो । भूमिगतकालमा भण्डारीलाई ‘बर्बरिक’, ‘भीष्म’ आदि नामले चिनिन्थ्यो ।

नाटकले पञ्चायतको विरोधमा तत्कालीन नेकपा (माले)ले गरेको सङ्घर्ष, विसं २०४६ को जनआन्दोलनमा नेपाली काङ्ग्रेसका शीर्ष पुरुष गणेशमान सिंह र नेता भण्डारीको सहकार्य आदि विषयलाई उतारेको छ । मोरङको झोराहाट नाट्य समूहले तयार पारेका नाटकमा जीवन बरालको निर्देशन छ भने डेढ दर्जन कलाकारले अभिनय गरेका छन् । समूहका अध्यक्ष एवं नाटकका नाट्य रुपान्तरणकर्ता भरत गुरागाईंले आफूहरु वर्तमान सत्तारूढ कम्युनिष्ट पार्टीका शीर्ष नेतादेखि राष्ट्रपतिसम्मलाई सो नाटक देखाउने लक्ष्य लिएका काठमाडौँ आएको जानकारी दिनुभयो । कुञ्ज नाटक घरका अध्यक्ष कमल ढकालले जननेता भण्डारी नहुँदा उहाँको न्यास्रो मान्नेहरुलाई नाटकले न्यास्रो मेटाउने बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ४ माघ शुक्रबार  ७ : १० बजे

महेश बस्नेत : बालकोटको साँझ उठ्यो जनविश्वासको हुँकार…

भक्तपुर । साँझ ढल्किसकेको थियो । बालकोटका घर र गल्लीहरूमा

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र

एमाले अध्यक्ष केपी शर्मा ओली बालबालिकाका सच्चा संरक्षक हुन् : अमित लामा

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा

आगामी निर्वाचन भ्रष्टाचारविरुद्धको महाअभियान हो : अमित लामा

बनेपा । नेकपा एमाले का केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि