२०८२, ३ पुस बिहीबार

संस्कृतिलाई आर्थिक समृद्धितर्फ रुपान्तरण गर्नुपर्छः मन्त्री बाँस्कोटा

संस्कृतिलाई आर्थिक समृद्धितर्फ रुपान्तरण गर्नुपर्छः मन्त्री बाँस्कोटा


काभ्रेपलाञ्चोक, १ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विभिन्न जातजातिका संस्कृतिलाई आर्थिक समृद्धितर्फ रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ । हल्लेउ सङ्क्रान्तिका अवसरमा नेपाल डोने विकास केन्द्रीय समाजद्वारा आज पाँचखालमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “विभिन्न जातजातिका संस्कृतिलाई पर्यटनसँग जोडेर मुलुकको आर्थिक समृद्धितर्फ लानुपर्छ ।”

मन्त्री बाँस्कोटाले भन्नुभयो, “पर्यटकीय क्षेत्रमा विभिन्न जातजातिका संस्कृति प्रदर्शन गरी आफ्नो पहिचान दिएर मुलुकको आर्थिक समृद्धितर्फ लाग्नुपर्छ ।” “विभिन्न जातजाति र समुदायको साझा फुलवारीको रुपमा रहेको नेपालमा सबै जातजाति र समुदायबीचमा पारस्परिक सद्भाव र प्रगाढ सम्बन्ध बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “नेपालभित्रका संस्कृति देश÷विदेशमा फल्दाफूल्दा आफ्नो पहिचान स्थापित गर्ने हो, यसका लागि कानूनी लडाइ लड्नुपरे पनि सरकार तयार छ ।”

मन्त्री बाँस्कोटाले नेपालीको सांस्कृतिक पहिचान नै ‘बहुमूल्य धन’ भएको उल्लेख गर्दै “डोने (दनुवार) जाति सोझो मात्रै बन्नुहुन्नँ, तपाईहरु अब सोझो मात्रै नबन्नुस्, तपाईहरुको काम अर्काको भकारी मात्र भर्ने होइन, अब आफ्नो भकारी भरिभराउ पार्नेतर्फ लाग्नुस् भन्नुभयो ।” सबै जातजातिलाई संस्कृति, भाषा, सभा÷सङ्गठन गर्ने तथा न्याय पाउने समान अधिकार भएकाले राज्य कसैप्रति नकारात्मक नबन्ने बताउँदै उहाँले राज्य कुनै जातिप्रति नकारात्मक हुन्नँ र हुनेछैन पनि भन्नुभयो ।

आफ्नो सक्कली संस्कृति तथा लिपी खोजी गर्न डाने समाजलाई उहाँले आग्रह पनि गर्नुभयो । प्रदेश नं ३ का प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले डोने जातिलाई राज्यले हरेक समृद्धिको यात्रामा अगुवा बनाउनेमा कुनै कञ्जुस्याइँ नगर्ने बताउनुभयो । डोने समाजका केन्द्रीय अध्यक्ष राजनकुमार डोनेले नेपालमा हाल तीन लाखको हाराहारीमा डोने (दनुवार) जाति रहेको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १ माघ मंगलबार  ७ : ४९ बजे

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा

तेस्रो पटक एमाले अध्यक्षका रूपमा केपी ओलीद्वारा शपथ ग्रहण

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक लगातार निर्वाचित केपी

एमाले महाधिवेशन: अध्यक्षमा केपी शर्मा ओलीको शुरुआती अग्रता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप,