२०८३, १२ भाद्र शनिबार

मन्त्री यादव मुम्बई प्रस्थान

मन्त्री यादव मुम्बई प्रस्थान


काठमाडौँ, २७ पुस : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव भोलि शनिबार र पर्सी आइतबार भारतको आर्थिक राजधानी मुम्बईमा कन्फेडेरेशन अफ इण्डियन इण्डष्ट्रिज (सिआइआई) ले आयोजना गर्ने २५ औँ साझेदारी सम्मेलनमा भाग लिने तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभयो ।

भारत सरकारको औद्योगिक नीति तथा प्रवद्र्धन विभाग र महाराष्ट्र प्रान्तीय सरकारसँगको सहकार्यमा आयोजित उक्त सम्मेलन ‘नयाँ समझदारीको विकासबाट नयाँ लगानीका अवसर पहिचान’.केन्द्रित हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा नवीकरणीय लगानी प्रवद्र्धन ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, आर्थिक उन्नयनमा नवीनतम प्रविधिको प्रयोग, कृषि तथा खाद्य प्रशोधन, स्वास्थ्य सेवाबारे गहन विचारविमर्श हुनेछ । निजी क्षेत्रबाट सम्मेलनमा भागलिन नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा नेतृत्वको अर्को टोली पनि आजै अपराह्न मुम्बईतर्फ प्रस्थान गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २७ पुस शुक्रबार  ७ : ३२ बजे

अग्रजको विरासत र सिन्धुलीमा नयाँ महिला नेतृत्व

समुदायको विकास, सामाजिक परिवर्तन र जनताको अधिकारका लागि नेतृत्वको प्रश्न

५० लाखमुनि लक्जरी ईभी ! स्काईवेलको मूल्य सुनेर नाडा अटो शोका दर्शक चकित

काठमाडौं । नाडा अटो शो २०२६ मा एउटा ईभीले आफ्नो

भेटिएका ४८९ शवमध्ये ३९३ अझै बेवारिसे, पहिचानको पर्खाइमा आफन्त

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि

केरुङ पहिरो : जोखिमबीच चिनियाँ उद्धार टोली प्रभावित क्षेत्रमा, खोजी तीव्र

काठमाडौं । चीन–नेपाल सीमा क्षेत्रमा पर्ने केरुङमा गएको भीषण पहिरोपछि

बाढीपहिरो पीडितका लागि एमालेको २० लाख सहयोग, स्वयंसेवक पनि परिचालन

काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेकपा