२०८२, ७ फाल्गुन बिहीबार

‘माघ १० गतेभित्र तल्लो तहसम्म एकता टुङ्गिन्छ’ : रक्षामन्त्री पोखरेल

‘माघ १० गतेभित्र तल्लो तहसम्म एकता टुङ्गिन्छ’ : रक्षामन्त्री पोखरेल


दमौली, २० पुस : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी माघ १० गतेभित्र पार्टीको तल्लो तहसम्म एकता टुङ्गिने बताउनुभएको भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा आज आयोजित कार्यकर्ता भेटघाटमा नेकपाका सचिवालय सदस्यसमेत रहनुभएका मन्त्री पोखरेलले माघ १० गतेभित्रै पार्टीको सबै सङ्गठनको एकता टुङ्ग्याउने गरी काम भइरहेको बताउनुभयो ।

रक्षामन्त्री पोखरेलले पुस मसान्तभित्रै पार्टी एकताको टुङ्गो लगाउने भनिएपनि पुसमा त्यो सम्भव नदेखिएको बताउनुभयो । उहाँले पार्टी एकता टुङ्गो नलाग्दा तल्लो तहसम्म पार्टीको गतिविधि चलायमान हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय आवश्यकता र जनताको चाहनाअनुसार पार्टी एकता भएकाले नयाँ सोचका साथ अगाडि बढ्न आवश्यक छ ।” उहाँले विचार कमजोर भए पार्टी कमजोर हुने भएकाले सबै नयाँ सोचका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “पूर्व एमालेले पनि एमाले भएर नसोचौँ, पूर्व माओवादीले पनि माओवादी भएर नसोचौँ । नयाँ सोचका साथ अगाडि बढ्न जरुरी छ ।” उहाँले तल्लो तहसम्म एकता नटुङ्गिएकाले सरकारका राम्रा कामको प्रचार हुन नपाएको बताउनुभयो ।

फागुनभित्रै सबै कानून बनिसक्छ
रक्षामन्त्री पोखरेलले फागुनभित्रै आवश्यक कानून निर्माण गरिसक्ने दावी गर्नुभएको छ । संसद्को जारी बैठकले आवश्यक कानून फागुनभित्रै निर्माण गर्ने उहाँले बताउनुभयो ।

संविधानमा व्यवस्था भएका सुन्दर पक्षलाई लागू गर्न कानूनको अभाव भएको भन्दै उहाँले कानून बनेपछि कानून अनुसारको संरचना निर्माणलाई जोड दिइने बताउनुभयो । केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि संसद्ले २६ वटा कानून निर्माण गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “जारी संसद्मा सबै कानून निर्माण भइसक्नेछ ।”

राजनीतिक संक्रमण सकिएपनि प्रशासनिक संक्रमण कायमै रहेको बताउँदै उहाँले सोही कारण देशमा अन्योलको स्थिति देखा परेको बताउनुभयो । सरकारले हालै मात्र पारित गरेको कर्मचारी अध्यादेशको विरुद्ध कर्मचारीको विरोध अनावश्यक रहेको भन्दै मन्त्री पोखरेलले अध्यादेशमा भएका असहमतिलाई सच्याउन सकिने धारणा व्यक्त गर्नुभयो ।

उहाँले केपी ओली नेतृत्वको सरकारले पाँच वर्षभित्र सामाजिक सुरक्षा भत्ता रु पाँच हजार पु¥याउने समेत घोषणा गर्नुभयो । आफूहरुले चुनावी घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता रु पाँच हजार पु¥याउने उल्लेख गरेको स्मरण गराउँदै मन्त्री पोखरेलले भन्नुभयो, “कतिपयले सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा पूरा गरेन भन्नुभएको छ, हामीले भनेका छौँ हाम्रै कार्यकालमा उक्त भत्ता रु पाँच हजार पु¥याइनेछ ।”
-रासस

प्रकाशित मिति : २०७५, २० पुस शुक्रबार  ६ : ३९ बजे

महेश बस्नेत : बालकोटको साँझ उठ्यो जनविश्वासको हुँकार…

भक्तपुर । साँझ ढल्किसकेको थियो । बालकोटका घर र गल्लीहरूमा

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र

एमाले अध्यक्ष केपी शर्मा ओली बालबालिकाका सच्चा संरक्षक हुन् : अमित लामा

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा

आगामी निर्वाचन भ्रष्टाचारविरुद्धको महाअभियान हो : अमित लामा

बनेपा । नेकपा एमाले का केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि